कोरोना

गण्डकीमा प्रदेशमा थप १४१ जनामा कोरोना संक्रमण

पोखरा, २३ कात्तिक । गण्डकी प्रदेशमा आइतबार थप १ सय ४१ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशका ९ जिल्लामा गरी १ सय ४१ नयाँ संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । आइतबार संक्रमित हुनेमा नवलपरासी पूर्वका ५८, कास्कीका ४२, लमजुङका १२, पर्वतका ८, स्याङ्जाका ७, म्याग्दीका ५, मुस्ताङका ४, तनहुँका ३ र गोरखाका २ जना गरी १ सय ४१ जना रहेका छन् । यससँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ९ हजार १ सय ५८ पुगेको… पुरा पढौ

कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु

पोखरा, २३ कात्तिक । नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १ हजार १ सय ८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार देशभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा देशभर थप २८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ हजार ८ सय १२ जना संक्रमणमुक्त भएका छन् । पुरा पढौ

नेपालमा थप २८१७ जनामा कोरोना संक्रमण, २८१२ जना डिस्चार्ज

पोखरा, २३ कात्तिक । पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । आइतबारसम्म आइसोलेसनमा ३५ हजार ४ सय १९ जना उपचाररत रहेको छ। प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय १२ जना डिस्चार्ज भएका छन् ।त्यसैगरी हालसम्म एक लाख ५७ हजार ९ सय २६ जना… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ९७ लाख

पोखरा, २३ कात्तिक । विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ९७ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज आइतबार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ९७ लाख ५० हजार ४३१ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ९८ लाख ४९ हजार ६९६ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ८४ लाख ८२ हजार ८० पुगेको छ ।… पुरा पढौ

गण्डकीमा कोरोनाबाट मत्यु हुनेको संख्या १०३ पुग्यो, संक्रमित ९ हजार नाघ्यो

पोखरा । गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०३ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले स्याङ्जा पुतलीबजार ८ का ७३ वर्षीया १ महिला संक्रमितको मृत्यु पुष्टि गरेसँगै मृतक संख्या १ सय ३ पुगेको हो । फेवासिटी अस्पतालमा ती महिलाको ज्यान गएको हो । गण्डकीमा हालसम्म कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ४२, नवलपुरका १९, तनहुँका १४, गोरखाका ८, बागलुङका ८, स्याङ्जाका ८, म्याग्दीका २, पर्वत र लमजुङका १/१ जना छन् । त्यसैगरी प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो अध्यावधिक विवरणअनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या ९… पुरा पढौ

नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

पोखरा, २२ कात्तिक । नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १ हजार ८७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ हजार २ सय ६ जना संक्रमणमुक्त भएका छन् । पुरा पढौ

पछिल्लो २४ घण्टामा थप २७५३ जनामा कोरोना संक्रमण, २२०६ जना डिस्चार्ज

पोखरा, २२ कात्तिक । पछिल्लो २४ घण्टामा थप २७५३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा १०७७ महिला र १६७६ पुरुष गरी २७५३ मा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार २ सय ६ जना संक्रमणमुक्त भएका हुन् । यससँगै कुल १ लाख ५५ हजार १ सय १४ जना संक्रमणमुक्त भएका छन् । देशभर ३५ हजार ४३५… पुरा पढौ