कोरोना

नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, कुल मृतकको संख्या ७ सय नाघ्यो

पोखरा । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । देशभर आज थप २१ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ७ सय १५ पुगेको छ । बिहीबार देशभर १९ जनाको मृत्यु भएको थियो भने बुधवार देशभर १२ जनाको कोरोना संक्रमितको मृत्यु भएको थियो । पुरा पढौ

नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु

पोखरा । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । देशभर आज थप १९ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ६ सय ९४ पुगेको छ । बुधवार देशभर १२ जनाको मृत्यु भएको थियो भने मंगलबार देशभर १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको थियो । सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो । पुरा पढौ

नेपालमा कोरोना संक्रमणबाट थप १२ को मृत्यु, निको हुनेको संख्या ८१ हजार नजिक

पोखरा, २८ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । देशभर आज थप १२ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ६ सय ७५ पुगेको छ । नेपालमा मंगलवार देशभर १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । सोमवार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो । यसैगरी बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप २१७४ जना कोेरोना निको भएको जानकारी… पुरा पढौ

कास्कीका ४९ जनासहित गण्डकी प्रदेशमा ८४ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । पोखराका ४९ जनासहित गण्डकी प्रदेशमा थप ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले बुधवार पटक पटक जारी गरेको विज्ञप्ति अनुसार ३ बजेसम्म कास्कीका ४९ जनासहित प्रदेशमा ८४ संक्रमित थपिएका हुन् । पछिल्लो पटक थपिनेमा पोखरा महानगरपालिका १० जना संक्रमितमध्ये ५ जना पोखराको गण्डकी मेडिकल कलेजका रहेका छन् । उक्त अस्पतालका ३६, ३८ तथा ६० वर्षीय ३ जना पुरुष र ३५ तथा ३६ वर्षीया महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उनीहरु सोही अस्पतालमा… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख

पोखरा, २८ असोज। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बुधवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख ४६ हजार १८ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ७८ लाख ५६ हजार ४२ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ७१ लाख ७५ हजार ८८० पुगेको छ । तेस्रो स्थानमा… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ पुग्याे

गण्डकी प्रदेशमा मंगलवार थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) को कोभिड उपचार केन्द्रमा उपचाररत लमजुङका ५६ वर्षे पुरुषको मृत्यु भएको हो । बेसींशहर नगरपालिका २ का ती ५६ वर्षिय पुरुष १८ असोजमा कोभिड उपचार केन्द्रमा भर्ना भएका थिए । मुटुसम्बन्धी र मधुमेहको समस्या रहेको ती पुरुषको हिजो ४:२३ बजे मृत्यु भएको निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।  योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।… पुरा पढौ

पोखराका १७ सहित गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना पुष्टि

पोखरा, २७ असोज । पोखराका १७ जनासहित गण्डकी प्रदेशमा १९ जना कोरोना संक्रमित थप भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका पछ्छिललाे विज्ञप्तिअनुसार कास्कीका १७ जनासहित गण्डकी प्रदेशका २ जिल्लामा गरी १९ जना कोरोना संक्रमित थपिएका हुन् । पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका १७ र तनहुँका २ जना गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार २४ पुगेको छ । पुरा पढौ