कोरोना

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३६७ पुग्यो

पोखरा । गण्डकी प्रदेशमा बुधवार बिहान ११ बजेसम्म कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६७ पुगेको छ । बुधवार स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले तेस्रो पटक जारी विज्ञप्तिअनुसार थप ३७ जनामा कोरोना पुष्टि भएको छ । यसअघि बुधवार जारी दोस्रो विज्ञप्तिअनुसार १७ जना र बिहान ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लोपटक थप हुनेमा बागलुङका ३२, कास्कीका ३ र लमजुङका २ जनामा कोरोना संक्रमित भेटिएका हुन् । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा बाग्लुङका संक्रमितमध्ये… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५६ लाख

पोखरा, २१ असोज। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ५६ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज बुधवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५६ लाख ८१ हजार ८५२ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ७४ लाख ९६ हजार २९ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ६६ लाख ८५ हजार ८२ पुगेको छ । तेस्रो… पुरा पढौ

तनहुँ र म्याग्दीका गरी प्रदेशमा ४ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, २१ असोज । तनहुँ र म्याग्दीका दुई÷दुई जनासहित गण्डकी प्रदेशमा ४ जना कोरोना संक्रमित थप भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधवार बिहान जारी अध्यावधिक विवरणअनुसार प्रदेशमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित तनहुँ व्यासका एक शिक्षक र व्यास १२ का कृषि सामग्री कम्पनि लि. मा कार्यरत गरी दुई जना रहेका छन् । त्यस्तै म्याग्दीका नेपाली सेनामा कार्यरत २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या… पुरा पढौ

कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

नेपाली हास्यव्यङ्गय कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण देखापरेको छ । कलाकार आचार्यले कोरोना संक्रमणको पुष्टि भएको जानकारी आफ्नो आधिकारिक फेसबुकमार्फत् जानकारी गराएका छन् । सामान्य लक्षण देखिएकाले हिजो पिसीआर परीक्षण गराउँदा मगंलबार पोजेटिभ रिपोर्ट आएको आचार्यले बताएका छन्। ‘सामान्य लक्षण देखिएकाले हिजो मेरो र श्रीमती रमिलाको पिसिआर परीक्षण गरेका थियौं। हामी दुवैको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो,’ आचार्यले फेसबुकमा लेखेका छन्। आफूहरूसँग सम्पर्कमा रहेका सबैले होम आइसोलेसन बसेर परीक्षण गराउन पनि उनले आग्रह गरेका छन्। पुरा पढौ

पोखराका २३ जनासहित गण्डकी प्रदेशमा थप ४५ जनामा कोरोना पुष्टि

पोखरा, २० असोज । पोखराका २३ जनासहित गण्डकी प्रदेशमा ४५ जना कोरोना संक्रमित थप भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको मंगलवार ४ः४५ बजे जारी विज्ञप्तिअनुसार कास्कीका २३ सहित गण्डकी प्रदेशका ५ जिल्लामा गरी ४५ जना कोरोना संक्रमित थपिएका छन । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा कास्कीका २३, लमजुङका १३, पर्वतका २, तनहुँका ५ जना र गोरखाका २ जना गरी ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ९ पुगेको… पुरा पढौ

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

पोखरा, २० असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । देशभर आज थप ९ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५६३ पुगेको छ । गत २४ घण्टामा मृत्यु हुनेमा ४ महिला र ५ जना पुरुष रहेका छन् । मृतकमा महिलामा काठमाडौंका ५५ र ६० वर्षीया गरी २ जना, ललितपुरका ६७ वर्षीय र नवलपुरका ७७ वर्षीया रहेका छन् । यस्तै पुरुषहरुमा तेह्रथुमका ३१ वर्षीय, सुनसरीका ६४ वर्षीय, ललितपुरका ६१ र ७७ वर्षीय गरी… पुरा पढौ

थप १५५१ जनामा कोरोना संक्रमण, २३४० जना डिस्चार्ज

पोखरा, २० असोज । पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । मंगलवारसम्म होम आइसोलेसनमा १३ हजार ५ सय ९१ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १ सय १८ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या २२ हजार ७ सय ९ जना रहेको छ ।… पुरा पढौ