कोरोना

कोरोनाका कारण गत २४ घण्टामा ६ जनाको मृत्यु

पोखरा, २३ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । देशभर आज थप ६ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३०६ पुगेको छ ।गत २४ घण्टामा मृत्यु हुनेमा १ महिला र ५ जना पुरुष रहेका छन् । मृतकमा महिलामा काठमाडौंकी ८० वर्षीया रहेका छन् ।यस्तै पुरुषहरुमा सुनसरीका ७० वर्षीय, पर्साका ५४ र ६० वर्षीय गरी २ जना, काठमाडौंका ८५ वर्षीय र कपिलवस्तुका ६२ वर्षीय गरी ५ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले… पुरा पढौ

थप ९०२ जनामा कोरोना संक्रमण, २२८७ डिस्चार्ज

पोखरा, २३ भदौ । पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । मंगलवारसम्म होम आइसोलेसनमा ६ हजार ८ सय १५ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ८३ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १४ हजार ८ सय ६८ जना रहेको छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो… पुरा पढौ

पोखराका २६ जनासहित गण्डकी प्रदेशमा ३८ जनामा कोरोना संक्रमण

पोखरा, २३ भदौ । पोखरामा थप २६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलवार प्रदेश स्वास्थ्य निर्देशनालयले दोस्रो पटक जारी गरेको विज्ञप्ति अनुसार पोखरा फुड्समा कार्यरत २४ जना, पोखरा महानगरपालिका १० पार्कल्याण्ड हस्पिटलमा कार्यरत स्वास्थ्यकर्मी तथा गण्डकी मेडिकल कलेजमा उपचाररत बिरामी सहित थप २६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणका क्रममा पोखरा फुड्स प्रालिका कार्यरत रहेका थप २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २० महिला तथा ४… पुरा पढौ

पोखरामा ५ र नवलपुरमा ६ जना गरी गण्डकीमा ११ जनामा कोरोना संक्रमण

पोखरा, २३ भदौ । पोखराका ५ जनासहित नवलपुरका ६ जनामा गरी गण्डकी प्रदेशमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले आज मंगलवार बिहान १० बजे जारी विज्ञप्तिअनुसार अनुसार पोखराका ५ जना र नवलपुरका ६ गरी गण्डकी प्रदेशका २ जिल्लामा ११ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा १२ का २ जना, १४ का १ जना, १५ का १ जना र २७ का १ जना गरी ५ जनामा कोरोना… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७२ लाख

पोखरा, २३ भदौ । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ७२ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज मंगलवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७२ लाख ५४ हजार ७१६ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ६३ लाख ४३१ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख ४ हजार ६१३ पुगेको छ भने तेस्रो स्थानमा… पुरा पढौ

कोरोनाका कारण गत २४ घण्टामा ११ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३०० पुग्यो

पोखरा, २२ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । देशभर आज थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा मृत्यु हुनेमा ४ महिला र ७ पुरुष रहेका छन् । मृतकमा काठमाडौंका ३७, ९० र ८३ वर्षीया गरी ३ जना र कास्कीका ६३ वर्षीया गरी ४ जना महिला छन् । यस्तै पुरुषहरुमा मोरङका ७६ वर्षीय, सिराहका ६२ र ८७ वर्षीय… पुरा पढौ

थप ९७९ जनामा कोरोना संक्रमण, १७३६ डिस्चार्ज

पोखरा, २२ भदौ । पछिल्लो २४ घण्टामा थप ९ सय ७९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । सोमवारसम्म होम आइसोलेसनमा ७ हजार १ सय ९० जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ९ हजार ६९ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १६ हजार २ सय ५९ जना रहेको छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो… पुरा पढौ