कोरोना

गण्डकीमा थप २४५ जनामा कोरोना संक्रमण, थप २ को मृत्यु

पोखरा, २२ कात्तिक । गण्डकी प्रदेशमा शनिवार ४ बजेसम्म २ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशका ७ जिल्लामा गरी २ सय ४५ नयाँ संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । शनिवार संक्रमित हुनेमा कास्कीका १७५, गोरखाका ३०, तनहुँका १५, लमजुङका १०, बागलुङका ९, स्याङ्जाका ४ र पर्वतका २ जना गरी २ सय ४५ जना रहेका छन् । यससँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ८ हजार ९ सय ८४ पुगेको छ । त्यसैगरी प्रदेशमा… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ८५ लाख

पोखरा, २१ कात्तिक । विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ८५ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज शुक्रवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ८५ लाख ८० हजार ४०७ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ९६ लाख ३२४ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख ६४ हजार ८६ पुगेको छ । तेस्रो स्थानमा… पुरा पढौ

गण्डकीमा पछिल्लो २४ घण्टामा थप २७९ जनामा संक्रमण, कास्कीका मात्रै १३३ जना

पोखरा । गण्डकी प्रदेशमा बिहीबार मात्रै २ सय ७९ नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेशका ८ जिल्लामा २ सय ७९ जना कोरोना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थपिनेमध्ये सबैभन्दा धेरै कास्कीका छन् । कास्कीमा आज मात्रै १ सय ३३ संक्रमित थपिएको निर्देशनालयले जनाएको छ । कास्की पछि धेरै संक्रमित थपिनेमा जिल्लामा नवलपरासी पूर्व रहेका छन् । नवलपरासी पूर्वमा १०९ संक्रमित थपिएका छन् । त्यस्तै पर्वतमा १४ जना, तनहुँमा १३ जना, गोरखामा ४,… पुरा पढौ

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

पोखरा । पछिल्लो २४ घण्टामा देशभर थप १८ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ५२ पुगेको छ । बुधवार देशभर कोरोना भाइरसको संक्रमणबाट ३० जनाको मृत्यु भएको थियो । देशभर आज कोरोना भाइरसका थप तीन हजार ५१ नयाँ संक्रमित फेला परेका छन् भने योसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख ८५ हजार ९७४ पुगेको छ । तीमध्ये हालसम्म एक लाख ४८ हजार ४०८ जना संक्रमणमुक्त भएका छन् । पुरा पढौ

थप ३०५१ जनामा कोरोना संक्रमण, ३४३० जना डिस्चार्ज

पोखरा, २० कात्तिक । पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा १२०९ महिला र १८४२ पुरुष गरी ३०५१ मा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३ जना संक्रमणमुक्त भएका हुन् । यससँगै कुल १ लाख ४८ हजार ४ सय ८ जना संक्रमणमुक्त भएका छन् । देशभर ३६ हजार ५१४… पुरा पढौ

गण्डकीमा थप १९३ जनामा कोरोना संक्रमण

पोखरा, २० कात्तिक । गण्डकी प्रदेशमा बिहीबार एक बजेसम्म १ सय ९३ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशका ७ जिल्लामा गरी १ सय ९३ संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बिहीवार संक्रमित हुनेमा कास्कीका ११५, नवलपरासीका ४७, पर्वतका १४, तनहुँका ११ र बागलुङ, स्याङ्जा र लमजुङका २/२ जना गरी १ सय ९३ जना रहेका छन् । यससँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ८ हजार ४ सय ५७ पुगेको छ । तीमध्ये ९३ को मृत्यु… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या करिब ४ करोड ७९ लाख

पोखरा, २० कात्तिक । विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ७९ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज बिहीबार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ७९ लाख ९७ हजार ८१६ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ९४ लाख ७७ हजार ७०९ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख १३ हजार ८७६ पुगेको छ ।… पुरा पढौ