कोरोना

गण्डकी प्रदेशमा आज थप ६ जना संक्रमितको मृत्यु

पोखरा, १९ कात्तिक । गण्डकी प्रदेशमा आज बुधवार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिअनुसार संक्रमणबाट मृत्यु हुनेमा कास्कीका ५ र तनहुँका १ जना रहेका छन् । मृतकहरुमा पोखरा महानगरपालिका वडा नं. ३२ का ४२ वर्षीया महिला, पोखराकै वडा नं. २६ का ७३ वर्षीय, २५ का ५२ वर्षीय, १६ का २८ र ५९ वर्षीय पुरुषहरु रहेका छन् भने तनहुँ व्यास नगरपालिका ४ का ७० वर्षीय पुरुष रहेका छन् । योसहित गण्डकीमा कोरोना… पुरा पढौ

गण्डकी प्रदेशमा थप ६८ जनामा कोरोना संक्रमण

पोखरा, १९ कात्तिक । गण्डकी प्रदेशमा फेरि थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार १ सय ७२ पुगेको छ । बुधवार स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले चौथो पटक जारी विज्ञप्तिअनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेश ५ जिल्लाका गरी ६८ जना नयाँ संक्रमित भेटिएको हो । नयाँ थपिनेमा कास्कीका २२, लमजुङ ६, म्याग्दी १३, स्याङ्जाका १६ र तनहुँका ११ जना रहेका छन् । यसअघि तेस्रोपटक जारी विज्ञप्तिअनुसार प्रदेशमा कास्कीका ६९… पुरा पढौ

कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु, मृत्यु हुनेको संख्या १ हजार ३४ पुग्यो

पोखरा । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ । देशभर आज थप ३० जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या १ हजार ३४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो संख्या दैनिक मृत्यु हुनेको संख्यामा अहिलेसम्मकै सबैभन्दाा धेरै संख्या हो । नेपालमा हिजो मंगलवार देशभर कोरोना भाइरसको संक्रमणबाट २० जनाको मृत्यु भएको थियो । पुरा पढौ

नेपालमा थप ३३०९ जनामा कोरोना संक्रमण, ३८४४ जना डिस्चार्ज

पोखरा, १९ कात्तिक । पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । बुधवारसम्म होम आइसोलेसनमा ३० हजार १ सय ३१ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ६ हजार ७ सय ८० जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या ३६ हजार ९ सय ११ जना… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८१०४ पुग्यो

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार १ सय ४ पुगेको छ । लाइफ केयर डाइग्नोष्टिक प्रा. लि. पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेश ३ जिल्लाका गरी ७५ जना नयाँ संक्रमित भेटिएको हो । संक्रमितहरुमा कास्कीका ६९ जना, स्याङ्जाका ४ र तनहुँका २ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् । सबै संक्रमितहरु लाइफ केयर एण्ड डाइग्नोष्टिक प्रा. लि.मा पोखराका विभिन्न अस्पतालबाट नमूना संकलन गरि परीक्षणका लागि पठाएकाहरु हुन् । सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन… पुरा पढौ

कोरोना संक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु भएको छ । सुनसरी इटहरी–६, की बालिकाको बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ९ वर्षीया बालिकामा दुई दिनअघि मात्र कोरोना संक्रमण पुष्टि भएको थियो। मंगलबार अस्पतालमा भर्ना गरेर उनलाई उपचार सुरु गरिए पनि बचाउन नसकिएको प्रतिठानले जनाएको छ । आज बिहान ३ः२५ बजे बालिकाको मृत्यु भएको श्रेष्ठले जानकारी दिए । यसअघि ती बालिकामा कुनै स्वास्थ्य समस्या नभएको परिवारले जनाएको छ… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या करिब ४ करोड ६४ लाख

पोखरा, १७ कात्तिक । विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ६४ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज सोमवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ६४ लाख १९ हजार ९३९ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ९१ लाख ९८ हजार ७०० जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ८१ लाख ८४ हजार ८२ पुगेको छ ।… पुरा पढौ