कोरोना

गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार नाघ्यो

पोखरा, २७ असोज । पोखराका १८ जनासहित गण्डकी प्रदेशमा ३४ जना कोरोना संक्रमित थप भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको मंगलवार जारी विज्ञप्तिअनुसार कास्कीका १८ जनासहित गण्डकी प्रदेशका ३ जिल्लामा गरी ३४ जना कोरोना संक्रमित थपिएका हुन् । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा कास्कीका १८, स्याङ्जाका १४ र लमजुङका २ जना गरी ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पोखराका संक्रमितमध्ये मणिपाल शिक्षण अस्पतालमा १, चरक अस्पतालमा १ र गण्डकी मेडिकल कलेजमा ५ जना उपचार गर्न आएको व्यक्तिहरुमा… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७७ लाख

पोखरा, २७ असोज। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ७७ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालय का अनुसार मगलवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७७ लाख २८ हजार ३८६ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ७८ लाख ३ हजार २५९ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ७१ लाख २० हजार ५३८ पुगेको छ । तेस्रो… पुरा पढौ

गण्डकी प्रदेशमा थप १ सय २६ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा सोमवार थप १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ६ जिल्लाका १ सय २६ जनामा पोजेटिभ देखिएको हो । कोरोना पुष्टि हुनेमा नवलपुरका ६१, कास्कीका २९, तनहुँका २६, बागलुङका ७, लमजुङका २ र स्याङ्जाका १ जना छन् । योहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४९ सय ७१ पुगेको छ । पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७३ लाख

पोखरा, २६ असोज। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ७३ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालय का अनुसार सोमवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७३ लाख ७९ हजार ३२० जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ७७ लाख ६१ हजार ५४७ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ७० लाख ५३ हजार ८०६ पुगेको छ । तेस्रो… पुरा पढौ

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

Mardi News
पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रवार बेलुकी हल्का ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिएका थिए । शनिबार पुन: कोरोना परिक्षण गर्दा आफ्नो रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले फेसकुबमार्फत जानकारी दिएका छन् । ‘हालसम्म हल्का ज्वरो बाहेक अरु समस्या देखिएको छैन’ उनले भनेका छन् । आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिए परीक्षण गराउन मन्त्री भट्टराईले आग्रह गरेका छन् । पुरा पढौ

नेपालमा कोरोना संक्रमणबाट थप १४ को मृत्यु, मृतकको संख्या ६१४ पुग्यो

पोखरा, २४ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । देशभर आज थप १४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ६ सय १४ पुगेको छ । गत २४ घण्टामा मृत्यु हुनेमा २ महिला र १२ जना पुरुष रहेका छन् । मृतकमा महिलामा काठमाडौंका ६८ र धादिङका ३१ वर्षीया गरी २ जना रहेका छन् । यस्तै पुरुषहरुमा सुनसरीका ४५ वर्षीय, मोरङका २० र ७२ वर्षीय गरी २ जना, सर्लाहीका ७१ वर्षीय, काठमाडौंका ४८… पुरा पढौ

एकैदिन ५ हजार ८ जनामा कोरोना संक्रमण, १२२९ जना डिस्चार्ज

पोखरा, २४ असोज । पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या हालसम्मकै उच्च संख्या हो । शनिवार नेपालमा कुल संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ जना पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । शनिवारसम्म होम आइसोलेसनमा १७ हजार १ सय ६४ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा १३ हजार ६ सय ५४ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या ३०… पुरा पढौ