कोरोना

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको दोस्रो विज्ञप्तिअनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा मंगलबार ४ जिल्लाका २१ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना पुष्टि हुनेमा नवलपुरका ११, कास्कीका ६, तनहुँका २, स्याङ्जा र गोरखाका १÷१ जना छन् । योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार २ सय ६४ पुगेको छ । नवलपुरका संक्रमित कावासोती, गैंडाकोट र मध्यविन्दु नगरपालिकाका हुन् । कास्कीका संक्रमित सबै पोखरा… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५३ लाख

पोखरा, २० असोज। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ५३ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज मंगलवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५३ लाख ६६ हजार १३४ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ७४ लाख ५३ हजार ८२९ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ६६ लाख २३ हजार ८१५ पुगेको छ । तेस्रो… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार २३७ पुग्यो

पोखरा, १९ असोज । गण्डकी प्रदेशमा फेरि ६ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको सोमवार चौथोपटक जारी विज्ञप्तिअनुसार नवलपरासी (ब.सु.पू.) मा ६ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ४ हजार २ सय ३७ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए । थपिनेमा नवलपरासी (ब.सु.पू.) वौदीकालीका वडा नं. २ मा ३ जना, १ मा २ जना र ६ मा… पुरा पढौ

नेपालमा एकैदिन कोरोना संक्रमणबाट ३ वर्षीय बालकसहित १९ जनाको मृत्यु

पोखरा, १९ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । देशभर आज थप १९ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५५४ पुगेको छ । गत २४ घण्टामा मृत्यु हुनेमा ५ महिला र १४ जना पुरुष रहेका छन् । मृतकमा महिलामा पर्साका ६५ वर्षीया, काठमाडौंका ७६, ८१ र ८३ वर्षीया गरी ३ जना र गोरखाका ४५ वर्षीया गरी ५ जना महिला रहेका छन् । यस्तै पुरुषहरुमा सुनसरीका ५५ वर्षीय, सर्लाहीका ४२ र ६९… पुरा पढौ

नेपालमा एकैदिन २४४० जनामा कोरोना संक्रमण, ११३३ जना डिस्चार्ज

पोखरा, १९ असोज । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । सोमवारसम्म होम आइसोलेसनमा १२ हजार ३ सय १६ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ११ हजार १ सय ९१ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या २३ हजार ५ सय ७ जना रहेको छ… पुरा पढौ

८ प्रहरीसहित गोरखामा १८ जनामा कोरोना पुष्टि

पोखरा । गोरखका ८ प्रहरीसहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा गण्डकी प्रदेशमा थप १८ जनालाई संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमित गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्बर ११ मा कार्यरत ८ जना प्रहरीलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु प्रहरी वडा प्रहरी कार्यालय १२ किलोमा कार्यरत रहेका छन् । त्यस्तै सोही वडाका ३ तथा १२ वर्षीय २ जना बालक, २२ र ५८ वर्षीय २ जना पुरुष तथा २५ र… पुरा पढौ

पशुपन्छी तथा मत्स्य विकाश निर्देशानलयमा कार्यरत चिकित्सकसहित पोखरामा २६ जनामा कोरोना संक्रमण

पोखरा, १९ असोज । पोखराका पशुचपन्छी तथा मत्स्य विकास निर्देशनालयमा कार्यरत चिकित्सक सहित पोखरामा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको सोमवार बिहान जारी अध्यावधिक विवरणअनुसार प्रदेशका कास्की र नवलपरासी (ब.सु.पू.)का गरी २७ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ४ हजार २ सय २ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको… पुरा पढौ