कोरोना

रुपन्देहीमा थप दुई संक्रमितको मृत्यु

बुटवल । रुपन्देहीमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । बुटवल कोरोना बिशेष (अस्थायी) अस्पतालमा उपचाररत थप दुई जनाको मृत्यु भएको हो । कात्तिक १० गते स्वास्थ्यमा समस्या आएर पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएकी तिलोत्तमा ११ की ५० वर्षीया महिलाको सोमबार राति ८स् १७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । त्यस्तै कार्तिक ७ गते कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएर अस्पताल भर्ना गरिएका बुटवल १३ का ५२ वर्षीय पुरुषको मंगलबार… पुरा पढौ

भरतपुर अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर २१ का ५६ वर्षीय पुरुष रहेका छन् । कात्तिक ५ गते श्वासप्रश्वासमा समस्या भएपछी ती पुरुषलाई अस्पतालको सिआईसीयु कक्षमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । पौडेलका अनुसार उनको कात्तिक ८ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो । उनी लामो समयदेखि मुटु तथा मृगौला पीडित बिरामी थिए । ती पुरुषको स्वास्थ्य अवस्थामा थप जटिल हुदैं गएपछि कात्तिक… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ३४ लाख

पोखरा, ११ कात्तिक । विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ३४ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज मंगलवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड ३४ लाख ३८ हजार ४३ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ८६ लाख ९९ हजार ३२१ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख ९ हजार ९५९ पुगेको छ ।… पुरा पढौ

पोखरामा थप १ कोरोना संक्रमितको मृत्यु, प्रदेशमा मृतकको संख्या ६७ पुग्यो

पोखरा, १० कात्तिक । पोखरामा फेरि थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखराका थप एक जनाको मृत्यु भएसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्य ६७ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमवार बिहान आठौं पटक जारी विज्ञप्ति अनुसार पोखरा ५ का ५५ वर्षीय संक्रमितको मृत्यु पुष्टि गरेसँग मृतकको संख्या ६७ पुगेको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. ५ का ५५ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । पोखरा स्वास्थ्य… पुरा पढौ

गण्डकी प्रदेशमा थप ३ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ६६ पुग्यो

पोखरा, १० कात्तिक । गण्डकी प्रदेशमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्य ६६ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमवार बिहान विज्ञप्ति जारी गर्दै प्रदेशका ३ संक्रमितको मृत्यु पुष्टि गरेसँग मृतकको संख्या ६६ पुगेको हो । मृत्यु हुनेमा नवलपरासी (ब.सु.पू.) गैंडाकोट ५ का ७३ वर्षीय पुरुष, कावासोती २ का ७७ वर्षीय पुरुष र पोखरा महानगरपालिका १५ का ७८ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । नवलपरासी पूर्व… पुरा पढौ

पोखरामा थप १०१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६७११ पुग्यो

पोखरा, १० कात्तिक । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लो पटक ७ः३० मा जारी छैठौं विज्ञप्तिअनुसार पोखरामा आज १ सय १ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना पुष्टि हुनेमा ३६ जना प्रहरी छन् । ३१ जना वडा प्रहरी कार्यालय बगर र ५ जना ट्राफिक प्रहरी हुन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ३६ प्रहरीसहित १ सय १ जनामा कोरोना पुष्टि भएको हो । योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ६ हजार ७ सय ११ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ… पुरा पढौ

पोखराका ४ कोरोना संक्रमितको मृत्यु, गण्डकीमा मृतक संख्या ६३ पुग्यो

पोखरा, ९ कात्तिक । पोखराका ४ जना कोरोना संक्रमितका कारण ४ जनाको मृत्यु भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्य ६३ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान दुईवटा विज्ञप्ति जारी गर्दै पोखराका ४ संक्रमितको मृत्यु पुष्टि गरेसँग मृतकको संख्या ६३ पुगेको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिका १ का ४२ वर्षे पुरुष, पोखरा २२ का ६८ वर्षे पुरुष, पोखरा ३१ का ५८ वर्षे पुरुष र पोखरा १५ का ५२ वर्षीया महिला रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.… पुरा पढौ