कोरोना

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ४०१ पुग्यो

पोखरा, ३ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । देशभर आज थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४०१ पुगेको छ । गत २४ घण्टामा मृत्यु हुनेमा ७ महिला र ४ जना पुरुष रहेका छन् । मृतकमा महिलामा मोरङका ६५ वर्षीया, रौतहटका ५१ वर्षीया, सर्लाहीका ५६ वर्षीया, काठमाडौंका ७७ वर्षीया, ललितपुरका ६८ र ७६ वर्षीया गरी २ जना र मकवानपुरका ३७ वर्षीया गरी ११ महिला रहेका छन् । यस्तै पुरुषहरुमा… पुरा पढौ

थप १२०४ जनामा कोरोना संक्रमण, १४४७ जना डिस्चार्ज

पोखरा, ३ असोज । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । शनिवारसम्म होम आइसोलेसनमा ७ हजार ९ सय ७६ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १ सय ५३ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १७ हजार १ सय २९ जना रहेको छ ।… पुरा पढौ

गण्डकीमा थप ५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३४ सय नाघ्यो

पोखरा । गण्डकी प्रदेशमा फेरि थप ५१ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा प्रदेशका ४ जिल्लाका ५१ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना पुष्टि हुनेमा नवलपुरका ३४, कास्कीका १३, तनहुँका ३ र स्याङ्जाका १ जना छन् । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय २ पुगेको छ । तीमध्ये १९ सय ७५ जना निको भएका छन् । पोखराका संक्रमितमध्ये पोखरा ४ का ४१ वर्षीय पुरुष पोखरा… पुरा पढौ

गण्डकीमा थप १५ जनामा कोरोना संक्रमण

पोखरा, ३ असोज । गण्डकी प्रदेशमा थप १५ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा प्रदेशका ४ जिल्लाका १५ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना पुष्टि हुनेमा नवलपरासी (ब.सु.पू.)का ११, पर्वत २, स्याङ्जाका १ र लमजुङका १ जना छन् । आज संक्रमित पर्बत जिल्ला, कुश्मा नगरपालिकाका ३५ वर्षीय पुरुष नेपाल आर्मीमा कार्यरत हुन् भने नवलपरासी (ब.सु.पू.) हुप्सेकोट–५ का ३७ वर्षीया महिला स्वास्थ्य स्वयंसेविका हुन् । अन्य सबै कन्ट्याक ट्रेसिङबाट पहिचान भएको निर्देशनालयले जनाएको छ… पुरा पढौ

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

पोखरा, २ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । देशभर आज थप ७ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३९० पुगेको छ । गत २४ घण्टामा मृत्यु हुनेमा २ महिला र ५ जना पुरुष रहेका छन् । मृतकमा महिलामा काठमाडौंका ८५ वर्षीया र ललितपुरका ६६ वर्षीया गरी २ महिला रहेका छन् । यस्तै पुरुषहरुमा मोरङका ६६ वर्षीय २ जना पुरुष, काठमाडौंका ८८ वर्षीय, भक्तपुरका ८२ वर्षीय र नवलपरासीका ३१ वर्षीय पुरुषको… पुरा पढौ

नेपालमा हालसम्मकै सबैभन्दा बढी २०२० जनामा कोरोना संक्रमण

पोखरा, २ असोज । पछिल्लो २४ घण्टामा थप २ हजार २० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । शुक्रवारसम्म होम आइसोलेसनमा ८ हजार ८८ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ९ हजार २ सय ९५ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १७ हजार ३ सय ८३ जना रहेको छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो… पुरा पढौ

गण्डकीमा थप ५६ जनामा कोरोना, १ संक्रमितको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा थप ५६ जना कोरोना संक्रमित थपिएका छन् । चितवन र पोखराका प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशका ४ जिल्लाका ५६ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना पुष्टि हुनेमा नवलपुरका ३४, कास्कीका १७, तनहुँका ४ र स्याङ्जाका १ जना छन् । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय ३६ पुगेको छ । तीमध्ये १९ सय ७५ जना निको भएका छन् । गण्डकीमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । नवलपुरको देवचुली नगरपालिका ११ का… पुरा पढौ