कोरोना

पोखराका २ सहित गण्डकी प्रदेशमा ३२ जना कोरोना संक्रमित थपिए

पोखरा, २८ भदौ । पोखराका २ जनासहित गण्डकी प्रदेशमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान जारी गरेको विज्ञप्तिअनुसार पोखरा १६ का पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारीसहित २ जना, लमजुङका १७ जना, स्याङ्जाका ४ जना, तनहुँका १ जना र नवलपुरका ८ जनामा गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । क्षयरोग उपचार कन्द्रमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका ९ का ७० वर्षे पुरुष र स्याङ्जा पुतलीबजार नगरपालिका ३ का ७६ वर्षे पुरुष मणिपाल शिक्षण… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ८६ लाख

पोखरा, २७ भदौ । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ८६ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज आइतबार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ८६ लाख ५० हजार ५८८ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ६४ लाख ८२ हजार ५०३ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ४६ लाख ५९ हजार ९८४ पुगेको छ ।… पुरा पढौ

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

पोखरा, २७ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । देशभर आज थप १४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३३६ पुगेको छ । गत २४ घण्टामा मृत्यु हुनेमा ३ महिला र ११ जना पुरुष रहेका छन् । मृतकमा महिलामा पर्साकी ७८ वर्षीया, काठमाडौंकी ७६ वर्षीया र तनहुँकी ७६ वर्षीया गरी ३ महिला रहेका छन् । यस्तै पुरुषहरुमा सुनसरीका ४३ वर्षीय, काठमाडौंका ५१ र ५४ वर्षीय गरी २ जना, भक्तपुरका ७२ र… पुरा पढौ

थप १२०२ जनामा कोरोना संक्रमण, ८५२ जना डिस्चार्ज

पोखरा, २७ भदौ । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । शनिवारसम्म होम आइसोलेसनमा ६ हजार १ सय ५३ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ९ हजार १ सय ७ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १५ हजार २ सय ६० जना रहेको छ ।… पुरा पढौ

पोखराका २४ सहित गण्डकी प्रदेशमा फेरि ३८ जना संक्रमित थपिए, संक्रमितको संख्या २९ सय नाघ्यो

पोखरा, २७ भदौ । पोखराका २४ जनासहित गण्डकी प्रदेशमा फेरि ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले शनिवार दोस्रोपटक जारी गरेको विज्ञप्तिअनुसार पोखराका ७ वडाका २४ जना, लमजुङका १ जना, स्याङ्जाका ५ जना र नवलपुरका ८ जनामा गरी ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । क्षयरोग उपचार कन्द्रमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका १३ का १ पुरुष, १ की २ महिला, १० की ४ महिला, १२ का २ पुरुष र ७ महिला, १८ की १ महिला,… पुरा पढौ

पोखराका १० सहित गण्डकी प्रदेशमा ४५ जना संक्रमित थपिए, थप एक जनाको मृत्यु

पोखरा, २७ भदौ । पोखराका १० जनासहित गण्डकी प्रदेशमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले शनिवार ११ बजे जारी गरेको विज्ञप्तिअनुसार पोखराका ५ वडाका १० जना, गोरखाका १ र नवलपुरका ३४ जनामा गरी ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार कन्द्रमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका ३ की ३० वर्षीया महिला, ५ की ४५ वर्षीया महिला, २८ का ४८ वर्षीय पुरुष, ७ का २७ र २८ वर्षीय पुरुष,… पुरा पढौ

चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालस्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रबार भएको पिसिआर परीक्षणमा ८७ जनामा संक्रमण पुष्टि भएको हो । प्रयोगशाला प्रमुख ड.नीतु अधिकारीद्वारा प्रकाशित सूचनाअनुसार शुक्रवार ५ सय ३३ वटा नमुना परीक्षण गर्दा ८७ वटामा संक्रमण पुष्टि भएको उल्लेख छ । संक्रमण पुष्टि भएका सबै चितवनका बासिन्दा हुन् । सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५० पुरुष र २३ महिला गरेर ७३ जना रहेका छन् । त्यस्तै रत्ननगरका ११ वर्षीया बालिकासहित र ४९… पुरा पढौ