कोरोना

कोरोनाका कारण पोखरामा थप एक पुरुषको मृत्यु

पोखरा, २७ भदौ । पोखरामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान अन्तर्गत कोभिड–१९ उपचार केन्द्र (पश्चिमाञ्चल अस्पताल) मा उपचारार्थ स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर १ का ८५ वर्षीय पुरुषको आज शनिवार बिहान ६ः३२ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह प्रा.डा. अर्जुन आचार्यले जानकारी दिएका छन् । ती पुरुष कोरोना पोजिटिभ भई २४ गते आईसीयूमा भर्ना भएको थियो । कोरोना संक्रमण भई यस प्रतिष्ठानमा मृत्यु हुने उनी दशौं व्यक्ति भएको निर्देशक… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ८३ लाख

पोखरा, २६ भदौ । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ८३ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज शनिवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ८३ लाख १३ हजार ७३३ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ६४ लाख ४२ हजार ५५७ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ४५ लाख ६२ हजार ४१४ पुगेको छ ।… पुरा पढौ

भरतपुर अस्पतालमा कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । अस्पतालका अनुसार बिहीबार श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका जिल्लाको राप्ती नगरपालिका–५ बस्ने ६१ वर्षीय पुरुषको मृत्यु भएको हो । निमोनियाका बिरामी समेत रहेका मृतक पुरुषमा २४ गते संक्रमण पुष्टि भएको थियो । उनको अवस्था जटिल हुँदै गएपछि आईसीयूमा राखेर उपचारको क्रममा आज साँझ ७ बजे क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिए । पुरा पढौ

गण्डकी प्रदेशमा आज ९० जना संक्रमित थपिए, संक्रमित संख्या २८ सय २० पुग्यो

पोखरा । गण्डकी प्रदेशमा शुक्रबार साँझसम्म ९० जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार साँझ ५ः४५ बजेसम्म ७ जिल्लाका ९० जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना पुष्टि हुनेमा नवलपुरका ४६, तनहुँका १४, कास्कीका १३, गोरखाका ८, लमजुङका ५, स्याङ्जा र पर्वतका २÷२ जना छन् । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८ सय २० पुगेको छ । संक्रमितमध्ये १८ सय ४९ जना निको भएका छन् भने २२ जनाको मृत्यु भएको छ । पुरा पढौ

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

पोखरा, २६ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । देशभर आज थप ५ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३२२ पुगेको छ । गत २४ घण्टामा मृत्यु हुनेमा १ महिला र ४ जना पुरुष रहेका छन् । मृतकमा महिलामा मोरङकी ४० वर्षीया रहेका छन् । यस्तै पुरुषहरुमा काठमाडौंका ७० वर्षीय, महोत्तरीका ६५ वर्षीय, धनुषका ४५ वर्षीय र नवलपरासीका ५५ वर्षीय गरी ४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।… पुरा पढौ

थप १४५४ जनामा कोरोना संक्रमण, ९७२ जना डिस्चार्ज

पोखरा, २६ भदौ । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । शुक्रवारसम्म होम आइसोलेसनमा ६ हजार ६ सय ३४ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ८ हजार २ सय ९१ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १४ हजार ९ सय २५ जना रहेको छ ।… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८ सय नाघ्यो, १८४९ जना डिस्चार्ज

पोखरा । गण्डकी प्रदेशमा थप १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा हालसम्म कुल संक्रमितको संख्या २८ सय ५ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको पछिल्लो अध्यावधिक विवरणअनुसार चितवन मेडिकल कलेजमा गरिएको परीक्षणका क्रममा तनहुँको आँखुबैरेनी ३ का १ पुरुष तथा भिमाद ६ का २० वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै नवलपुरका थप ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको कावासोती ३ का १ महिला र… पुरा पढौ