Author Archive

पोखराका १६ र बागलुङका ८ गरी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण, कुल संक्रमित १८ सय नाघ्यो

पोखरा, ३ भदौ । बुधवार साँझ पोखरा महानगरपालिका ७ का १६ जना र बागलुङका ८ जनासहित गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण देखिएको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाको वडा नं. ७ का १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । संक्रमितहरु २३ वर्षदेखि ४७ वर्षका पुरुषहरु रहेका छन् । संक्रमित सबै मालेपाटनस्थित कृषि तालिम केन्द्रको क्वारेन्टाइनमा बसेका प्रहरी भएको महानगरस्रोतले बतायो । उनीहरु स्याङ्जाबाट ५ दिन… पुरा पढौ

निषेधाज्ञाको पहिलो दिन साँझ तरकारी किन्नेहरु (फोटो फिचर)

पोखरा । पोखरामा कोरोना संक्रमित बढेपछि संक्रमण फैलन नदिन प्रशासनले गए रातिदेखि लागू गरेको निषेधाज्ञाका दिनभर बजार सुनसान रह्यो । प्रशासनले खाद्यान्न, फलफूल, तरकारी, मासु, डेरीजन्य पसलहरु बिहान ५ बजेदेखि ८ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएकाले साँझपख फलफूल तथा तरकारी पसलमा मानिसहरुको भीडभाड निकै बाक्लो देखिएको छ । विगतमा नेपाल बन्दमा जस्तो साँझ ५ बजेपछि बजार तथा सवारी साधन खुलेझैं सवारी साधनहरु पनि सडकमा बाक्लै देखिन्छ । तस्विरमा हेरौं चिप्लेढुङ्गास्थित तरकारी पसल तथा सडक… पुरा पढौ

निजी अस्पतालले सरकारको निर्णय नमाने पीसीआर ल्याब खारेज गरिदिने

पोखरा । निजी अस्पतालहरुले २० प्रतिशत कोरोना संक्रमितको लागि बेड छुट्याउनुपर्ने निर्णय सरकारले गरेको छ । सरकारको निर्णयअनुसार कोरोनाका विरामीका लागि बेड नछुट्याए पीसीआर टेष्टका लागि दिएको अनुमति खारेज गर्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निजी अस्पतालहरुले २० प्रतिशत र मेडिकल कलेजहरुले एक तिहाई वेड कोरोनाका लागि छुट्टयाउनु पर्ने निर्णय गरेको जानकारी दिए । आफ्नो निर्देशन नमान्ने निजी अस्पताललाई पीसीआर टेष्टका लागि दिएको अनुमति नै खारेज गर्ने चेतावनी दिएको… पुरा पढौ

पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु, संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुग्यो

पोखरा, ३ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बुधवार थप ६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको कुल संख्या १२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं र बर्दियामा १÷१ जना पुरुष तथा मोरङ, भक्तपुर, चितवन र सुनसरीका १÷१ जना गरी ४ महिलासहित थप ६ जनाको मृत्यु भएको हो । पुरा पढौ

पछिल्लो २४ घण्टामा थप ६८१ जना कोरोना संक्रमण, १२० डिस्चार्ज

पोखरा, ३ भदौ । पछिल्लो २४ घण्टामा थप ६ सय ८१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । बुधवारसम्म ११ हजार १ सय १८ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५ सय २२ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ५ लाख ५४ हजार ३ सय ८८ जनाको… पुरा पढौ

राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि घिमिरेको अन्त्येष्टि

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बुधबार मध्यान्ह राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । नेपाली सेना र सशस्त्र प्रहरीले राष्ट्रकविको सम्मानमा सलामी अर्पण गरेको थियो । सेनाले घिमिरेलाई मानार्थ सहायक रथीको उपाधिसमेत दिएको थियो । बुधबार बिहान घिमिरे निवास कपुरधारा पुगेर उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रकविको घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए । विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका घिमिरेको निधन १०१… पुरा पढौ