ताजा समाचार

सरकारले लकडाउनलाई थप कडाइ गर्ने, एक स्थानीय तहबाट अर्कोमा जान रोक

काठमाडौं । नेपाल सरकारले लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको छ । शनिवार बालुवारटारमा बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको हो । शनिवार सुदूरपश्चिमका कैलाली, कञ्चनपुरमा थप संक्रमित देखिएसँगै र्यापिड टेस्टको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । यसैगरी बागलुङमा पनि र्यापिड परीक्षण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री युवराज खतिवडाले जानकारी दिए । पुरा पढौ

थप तीनजनामा कोरोना संक्रमण : स्वास्थ्य मन्त्रालय

पोखरा, २२ चैत । स्वास्थ्य मन्त्रालयले कोभिड १९ (कोरोना भारइस) संक्रमण भएका थप तीनजना विरामी फैला परेको बताएको छ । मन्त्रालयको आधिकारिक फेसबुक पेजमा दिइएको जानकारीअनुसार तीनैजना कैलाली र कञ्चनपुरका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष हुन् । मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषको आफन्त ३४ वर्षीय महिला रहेको जनाएको छ । योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको… पुरा पढौ

नेपालमा कोरोना संक्रमितको संख्या छ पुग्यो

पोखरा, २० चैत । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या छ पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको आज बिहीबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । बिहीबार कोरोनाको नयाँ संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएको छ । देवकोटाका अनुसार क्यूआर ६५२ को फ्लाइटमा दोहाबाट काठमाडौं आएकी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पुष्टि गरेकाे छ । यसअघि यही विमानमा आएका दुईजनामा कोरोना… पुरा पढौ

कोरोना संक्रमित संख्या ८ लाख नाघ्यो, ३९ हजार बढीको मृत्यु (अपडेट)

एजेन्सी । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ८ लाख ३ हजार ३१३ पुगेको छ । यसैगरी भाइरस संक्रमणबाट ३९ हजार ३८ ले ज्यान गुमाइसकेका छन् । ज्यान गुमाउने संख्या इटालीमा सबभन्दा बढी छ । इटालीमा मंगलवार बिहानसम्ममा ११ हजार ५९१ ले ज्यान गुमाइसकेका छन् । यस्तै सपेनमा ८ हजार १८९ को मृत्यु भएको छ । अमेरिकामा संक्रमण तीव्र रूपमा फैलिरहेको छ । हालसम्म त्यहाँ १ लाख ६४ हजार ६६५ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ३ हजार १७७… पुरा पढौ

कोरोना प्रकोपः विश्वभर मृतकको संख्या ३० हजार नाघ्यो, इटलीमा मात्र १० हजार बढी

पाेखरा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वभर ३० हजार ७८० मानिसले ज्यान गुमाएका छन् । करिब ६ लाख ६२ हजारभन्दा बढी यस भाइरसबाट संक्रमित हुन पुगेका छन् । आइतबार बिहानसम्म विश्वका ६ लाख ६२ हजार ७३ जना यस भाइरसबाट संक्रमित छन् भने विश्वभर हालसम्म १ लाख ३९ हजार ४२६ जना निको भएर घर फर्किसकेको जोन्स् हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । इटालीमा शनिबार… पुरा पढौ

कोराना भाईरस संक्रमणबाट विश्वभर २८ हजार ७०० बढीको मृत्यु

पोखरा, १५ चैत । विश्वभर फैलिएको कोराना भाईरस (कोभिड–१९) का कारण मृत्यु हुनेको सख्यां २८ हजार ७०० नाघेको छ । यस्तै संक्रमितको सख्ंया ६ लाख १५ हजार ५१९ पुुगेको छ । संक्रमितमध्ये १ लाख ३५ हजार ७३५ मानिस निको भएर घर फर्केका जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । चीनको हुवेई प्रान्तको वुहान सहरबाट शुरु भएको कोभिड–१९ बाट अमेरिकामा सबैभन्दा बढी संक्रमित भएका छन् । यस भाईरसका कारण अमेरिकामा मर्नेको सख्या १७ सय ११ पुुगेको छ भने सक्रमितको सख्या १ लाख… पुरा पढौ

नेपालमा कोरोना भाइरसको पाँचौँ संक्रमित भेटिए

पोखरा, १५ चैत । बागलुङमा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेको छ । बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक २२ वर्षीया युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । पाँच संक्रमितमध्ये एक निको भएर घर फर्किसकेका छन् । दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । अहिले संक्रमण देखिएकी बागलुङकी युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल… पुरा पढौ