ताजा समाचार

ट्रक अनियन्त्रित हुँदा एकको मृत्यु, चार घाइते, ९ सवारीमा क्षति

काठमाडौं १२ फागुन । सोमवार साँझ काठमाडौं कंलकीमा ब्रेक फेल भएको ट्रक अनियन्त्रित हुँदा भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । चितवन टाँडीका शमशेर गुरुङले घटनास्थलमै ज्यान गुमाएका हुन । थानकोटबाट कलंकी आइरहेको मालवाहक ट्रकको ब्रेक फेल हुँदा ३ मोटरसाइकल, १ स्कुटर, २ मिनीट्रक १ स्कोर्पियो, १ ट्याक्सी र १ सरकारी गाडीलाई ठक्कर दिएको हो । प्रहरीका अनुसार घाइतेहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । कतिपय सवारी धनीले सवारी साधन घटाना स्थलमा नै छाडेर… पुरा पढौ

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने ४ जना विद्यार्थी पोखरामा पक्राउ

पोखरा, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने ४ जना विद्यार्थीलाई पक्राउ गरिएको छ । नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न पोखरा आएका ओलीलाई समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका विद्यार्थीले पोखरा सभागृह गेटबाहिर कालो झन्डा देखाउन तयारी गर्दै गरिरहेको बेलामा प्रक्राउ परेका हुन् । उनीहरुले निर्वतमान सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरण, यति होल्डिङ्सलाई सार्वजनिक जग्गा उपलब्ध गराएको, नेकपा सरकार भष्ट्राचारमा लिप्त भएको लगायतका आरोप लगाउँदै नारबाजी गरेका थिए । पक्राउ पर्नेमा समाजवादी विद्यार्थीका उपाध्यक्ष… पुरा पढौ

सञ्चारमन्त्री बास्कोटाले दिए राजीनामा

पोखरा, ८ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिइसकेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सदनमा जानकारी गराउँदै भने, ‘मन्त्री बाँस्कोटाले राजीनामा बुझाइसक्नु भएको छ ।’ उनले सदनमा भनेका छन्– अनौपचारिक रूपमा राजीनामा गरेको जानकारी प्राप्त भएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि मन्त्री बाँस्कोटाले एक स्वीस कम्पनीसँग ७० करोड रुपैयाँ कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएको थियो । पुरा पढौ

दुई सय १४ बुँदामा गण्डकी सरकारको २ वर्षे उपलब्धि (पुस्तकसहित)

Mardi News
पोखरा, ४ फागुन । गण्डकी प्रदेश सरकार गठन भएको २ वर्षका उपलब्धी २ सय १४ बुँदामा सार्वजनिक गरेको छ । आज आइतबार फागुन ४ गते प्रदेश सरकार गठन भएको २ वर्ष पूरा भएको छ । यसैबीच आज बिहान एक कार्यक्रम गरी प्रदेश सरकारले उपलब्धि समेटिएको पुस्तक सार्वजनिक गरेको हो । २०७४ फागुन ४ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीको सपथ लिएका थिए । सरकार गठन भएको दिनलाई नै गण्डकी प्रदेश सरकारले प्रदेश दिवस मान्दै… पुरा पढौ

प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त

पोखरा, २८ माघ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई बढुवा गरेको छ । नेपाल प्रहरीको २७ औं महानिरीक्षकमा ज्ञवालीलाई सरकारले मंगलवार बढुवा गरेको हो । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो । हाल प्रहरी नायब महानिरीक्षकका रुपमा उनी प्रदेश नं. १ प्रहरी प्रमुखका रुपमा कार्यरत थिए । हालका आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजीले मंगलबारबाटै ३० वर्षे सेवा अवधिका कारण अवकास पाउने भएपछि उनको स्थानमा ज्ञवालीलाई बढुवा गरिएको हो । आईजीपी… पुरा पढौ

संसद अवरोध खोल्दै कांग्रेसले भन्योः ‘अख्तियार सरकारको लाचार छायाँ’

Mardi News
पोखरा, २८ माघ । प्रतिनिधि सभा बैठक तीन दिन अवरुद्ध गरेको नेपाली कांग्रेसले मंगलबारबाट सञ्चालन हुन दिएको छ । काँग्रेसको उपसभापति एवम् संसदीय दलका उपनेता समेत रहेका विजयकुमार गच्छदारविरुद्ध अख्तियारले मुद्दा चलाएको विरोधमा अवरुद्ध संसदलाई स्थगित गरेको हो । मंगलबार प्रतिनिधिसभाको बैठकको सुरुमा बोल्दै नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको प्रभावमा परेर राजनीतिक प्रतिसोधका आधारमा आफ्ना नेता विजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा लगाएकाले संसद अवरुद्ध गरेर विरोध गर्नुपरेको बताइन् । उनले ‘संवैधानिक निकाय अख्तियार दुरुपयोग… पुरा पढौ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा आगलागी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रको कफीसपमा सोमबार साँझ अचानक आगलागी भएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलभित्र रहेको एयरपोर्ट टी एन्ड कफी सपमा आगलागी भएको एयरपोर्ट टर्मिनल कार्यालयले बताएको छ । घटनाबारे थप विवरण आइसकेको छैन । आगो नियन्त्रणका लागि प्रहरीहरु जुटिरहेका छन् । एयरपोर्टको दमकलले आगलागी नियन्त्रणमा लिइसकेको छ । पुरा पढौ