ताजा समाचार

प्रदेश ३ को स्थायी राजधानी हेटौँडा

Mardi News
काठमाडौँ, २७ पुस । प्रदेश नं. ३ को राजधानी हेटौंडा तोकिएको छ । आइतबार बसेको प्रदेश न..३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो । प्रदेशसभामा स्थायी राजधानी हेटौंडा तोकियोस् भन्ने मुख्यमन्त्री डोरमणि पौडेलले राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको सभामुख सानुकुमार श्रेष्ठले घोषणा गरे । प्रस्तावको पक्षमा १ सय ५ र विपक्षमा ३ मत परेको छ । हेटौंडालाई स्थायी प्रदेश राजधानी बनाउनुपर्ने प्रस्ताव मुख्यमन्त्री एवं नेकपा नेता पौडेलले शनिबार दर्ता… पुरा पढौ

पोखरा उपत्यकामा भोलिबाट जलपंछी गणना शुरु

Mardi News
पोखरा, २७ पुस । सिमसारमा आश्रित पानीचराहरूको अवस्था पत्ता लगाउन, संख्याको अध्यावधि गर्न, संरक्षणमा स्थानीय समुदायलाई सहभागी बनाउँदै जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष नेपालभर जलपक्षीहरूको अनुगमन र गणना गर्ने गरिन्छ । ई.स. १९८७ देखि वर्षेनी नियमित रूपमा गरिँदै आएको यस्तो गणना यस वर्ष पनि गरिँदै छ । प्रत्येक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तामा गरिने उक्त गणना कार्यक्रममा स्वयंसेवी पंक्षी अवलोकनकर्ता, स्थानीय बासिन्दा, सरोकारवाला निकाय, पत्रकार र संरक्षण संघ संस्थाको सहभागिता हुने गर्दछ । ‘यस वर्ष पनि… पुरा पढौ

दिलीप हत्या प्रकरण : क्रसर उद्योगी पक्राउ

Mardi News
जनकपुर, २६ पुस । धनुषामा नदी उत्खनन्को विरोध गर्ने दिलिपकुमार महतोको हत्या गरेको आरोपमा क्रसर संचालक विपिनकुमार महतो पक्राउ परेका छन् । विपिनलाई जनकपुरधाम उपमहानगरपालिका वडा नं १ भानुचौक नजिकबाट शनिवार विहान करिब १० बजे पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिएका छन् । प्रहरीले शुक्रबार अनुसन्धानका लागि दिलिपका साथी रोशन यादव, टिपर चालक मुनिन्द्र महतोलाई पक्रिएको थियो । शुक्रबार बिहान करिब ४ बजेको समयमा नदीमा भईरहेको अवैध उत्खननलाई रोक्न जाँदा दिलिप भन्ने ओमप्रकाश महतोको… पुरा पढौ

उपसभामुखलाई राजीनामा गराउने नेकपा सचिवालयको निर्णय

Mardi News
काठमाडौं, २६ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्बाहाङफेलाई पदबाट राजीनामा गराउने निर्णय गरेको छ । शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गर्न लगाउने निर्णय गरेको हो । नेकपाबाट उपसभामुख बनेकी शिवमायालाई राजीनामा गराएर सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउने गरी निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सचिवालय बैठकले कसलाई सभामुखको उम्मेदवार बनाउने भन्नेबारे भने कुनै निर्णय गरेको छैन । पुरा पढौ

भुलवश युक्रेनी विमान खसालिएको इरानी सेनाको स्वीकारोक्ति

Mardi News
एजेन्सी, २६ पुस । इरानको सेनाले भुलवश युक्रेनी विमानलाई खसालिएको स्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । शनिवार प्रकाशित विज्ञप्तिमा इरानको सेनाले ‘मानवीय त्रुटिका कारण’ विमान खसालिएको स्वीकारेको हो । दुर्घटनामा विमानमा सवार विभिन्न देशका सबै १ सय ७६ नागरिकको मृत्यु भएको थियो । इरानले इराकस्थित अमेरिकी सैनिकहरू बसेका दुईवटा आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो । मृतकमध्ये १५ जना बालबालिका थिए । सरकारी टेलिभिजनबाट सार्वजनिक गरिएको विज्ञप्तिमा उक्त घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही… पुरा पढौ

मन्त्री ढकाल र बास्कोटालाई थप मन्त्रालयको जिम्मेवारी

Mardi News
काठमाडौं, २५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई कानून, न्याय तथा संसदीय मामिला र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी तोकेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रधानमन्त्रीको सिफारिसमा बाँस्कोटालाई सहरी विकास मन्त्रालय र ढकाललाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पुस ८ गते समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि यी दुई मन्त्रालय प्रधानमन्त्री ओली स्वयंले सम्हाल्दै आएका थिए । उपेन्द्र यादवले उपप्रधानमन्त्री, स्वास्थ्य… पुरा पढौ

माघ १ गते गण्डकी प्रदेशमा सार्वजनिक विदा

Mardi News
पोखरा, २५ पुस । गण्डकी प्रदेशमा माघ १ गते सार्वजनिक विदा हुने भएको छ । माघे संक्रान्ति पर्वको अवसरमा गण्डकी प्रदेश सरकारले माघे १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को पुस २४ गते बिहीबार बसेको बैठकले गण्डकी प्रदेशमा माघ १ गते सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रवार सार्वजनिक गर्दै प्रवक्ता बस्नेतले बैठकले उक्त विदाको निर्णय सहित विभिन्न ८ वटा निर्णय गरेको बताए । मन्त्रिपरिषद्को बैठकबाट प्रदेश दुग्ध… पुरा पढौ