मनोरन्जन

कला परिधिमा राजेन्द्र गुरूङ

राजेन्द्र गुरुङ एक अन्तरनिहित तथा अन्तरमुखि कलाकार हुन भन्दा फरक नपर्ला । कलाकार भएर पनि उनी कुनै पनि कला संस्थासँग आबद्ध छैन । स्कुल पढदै गर्दा धेरै कम्यूनिष्ट नेताहरूको मुहार चित्र बनाउने गर्थे । भ्लादिमिर लेनिन, चेग्वोरा, कार्ल माक्र्स, माओत्से तुङ्ग आदि नेताहरूको तेल रंग माध्यममा मुहार चित्रहरू राम्रो बनाउथे । उनको कला हेर्दा तेल रंग र जल रंग माध्यममा पनि उनी सिद्वहस्त प्रस्ट देखिन्छ । तर उनी व्यावसायिक कलाकार भने हैन । उनका चित्रहरू कलादीर्घा, चित्रकला प्रर्दशनी र आर्ट… पुरा पढौ

दिवेश पोखरेल अमेरिकन आइडलको उत्कृष्ट ५ मा

काठमाडौं । नेपाली युवक दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको उत्कृष्ट ५ मा पुग्न सफल भएका छन् । फाइनलमा प्रवेश गरेसँगै भोटिङ खुला गरिएको छ । फाइनलमा हरेक प्रतियोगीले दुई–दुई वटा गीत गाउँछन् । दुई घण्टाका बीच धेरै भोट पाउने प्रतियोगी अमेरिकन आइडलको १८ औं संस्करणको विजेता घोषणा हुनेछन् । कोभिड–१९ का कारण हरेक प्रतियोगीलाई घरबाटै गाउने व्यवस्था मिलाइएको छ । टप ७ मा पुगेकामध्ये दिवेशसहित ४ जना विदेशी मूलका थिए । दिवेशसँगै डिल्लोन जेम्स, जस्ट साम, जोन्नी वेस्ट, फ्रान्सिस्को मार्टिन टप ५ मा पुगेका छन् ।… पुरा पढौ

मातातीर्थ औंशीका दिन लकडाउनको समय बिताउन आमासम्बन्धी पाँचवटा गीत

पोखरा । आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । आमाभन्दा पुजनीय संसारमा अरू कोही छैनन् । यस्ता आमाको गुणको बखान शब्दद्वारा गरेर सकिँदैन । आमाकै त्याग, तपस्या एवं बलिदानबाट नै सृष्टिले निरन्तरता पाएको छ । आमाविना सृष्टि सम्भव नहुने भएकाले सन्तानले आमाप्रति सधैं आभारी हुनुपर्छ । आमाको उपकार अर्थात् मातृऋण कसैगरे पनि तिर्न सकिँदैन तथापि आमाप्रति हार्दिक श्रद्धा प्रकट गरेर केही मात्रामा भए पनि मातृऋणको बोझ हलुका गर्न सकिन्छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण यतिखेर देश… पुरा पढौ

पोखरा थिएटरमा ‘यो कस्तो महाभारत’ नाटक मञ्चन

पोखरा, ९ फागुन । पोखरा थिएटरमा ‘यो कस्तो महाभारत’ नाटक मञ्चन गरिएको छ । पोखराको ग्रैहापाटनस्थित गन्धर्व नाटक घरमा ‘यो कस्तो महाभारत’ नाटक आज शुक्रवारबाट प्रिमियर कार्यक्रमसहित मञ्चन गरिएको हो । प्रिमियर सो पश्चात आफ्ना भनाइ राख्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले ‘यो कस्तो महाभारत’ नाटकले वर्तमान राजनीतिक परिवेशलाई समेत समेट्दै कलाकारहरुको अभिनयमार्फत दर्शकको मन जित्न सफल भएको बताए । मन्त्री गुरुङले अगाडि भने ‘विश्व प्रशिद्ध महाभारतको पौराणिक कथा र पात्रहरूलाई नेपालको विगत जनआन्दोलन र परिवर्तन… पुरा पढौ

नाटक ‘यो कस्तो महाभारत’ शुक्रबारबाट मञ्चन हुने

पोखरा । शुक्रबारबाट पोखरामा मञ्चन हुने नाटक ‘यो कस्तो महाभारत’को मञ्चन तयारी पुरा भएको छ । दीपक पराजुलीले लेखेको नाटक फागुन २४ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुनेछ । शुक्रबारबाट मञ्चन हुनेछ । पोखरा थिएटरको ११ औँ प्रस्तुतीको यो नाटक मंगलबार बाहेक हरेक साँझ ५ बजे तथा शनिबार अतिरिक्त सो दिउँसो १ बजे समेत हेर्न पाइनेछ । दर्शकको माग आएको खण्डमा अतिरिक्त सो मञ्चन समेत गर्ने तयारी रहेको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जनाए । नाटक पंच सुब्बा गुरुङको परिकल्पना… पुरा पढौ

मिलेनियम पदमार्ग प्रचारको लागि ‘मण्डला र घुमन्ते’

Gahate Manakamana
पोखरा, ३ पुस । सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) व्यवस्थापन समितिले पदमार्गलाई भ्रमण वर्ष २०२० लाई लक्षित गरी व्यापक प्रचारप्रसार गर्न वेभसाइट डिजाइन तथा घुमन्ते लगी युट्युबमार्फत प्रचारप्रसार गर्न लागेको छ । यस पदमार्ग क्षेत्रका प्रकृति र संस्कृतिलाई आयआर्जनसँग जोड्ने कार्यक्रमसहित मिलेनियम पदमार्ग पर्यटन विकासको लागि मण्डलाआईटी सोलुसन र घुमन्ते समूहलाई पदमार्गको भ्रमण आज विहीबार सकाएको छ । तनहँुको दुलेगौँडादेखि स्याङ्जाको रामबाछासम्म जोडिने ७२ किलोमिटर दूरीको पदमार्गमा उक्त समूहलाई मंसिर २२ गतेबाट शुक्लागण्डकीको भुजीकोटबाट भ्रमण शुरु गराएको थियो । पदमार्ग क्षेत्रमा… पुरा पढौ

मिलेनियम पदमार्गको सौन्दर्य

Millenniun Trek
घुमन्ते समूह चार दिनसम्म भैंसेगौंडामै पोखरा । मिलेनियम पदमार्गको कोल्माकोटदेखि पेल्काचौरको मनकामना मन्दिरसम्म यात्रा गर्न त्यसै पनि रमाइलो र घुमौं–घुमौं लाग्ने ठाउँ । मौसम खुलेका बेला स्थानीयलाई मात्र नभई त्यहाँ पुग्ने जो कोहीलाई पनि ज्यादै आकर्षक लाग्छन् यहाँका डाँडाकाँडा र हिमश्रृङ्खलाका दृश्य । यहाँका मानिस त अझ यहाँको सौन्दर्यमा नलोभिने कुरै भएन । हुन पनि, बाहिरबाट आउनेको मनै फुरुंग पार्ने अनगिन्ती ठाउँ छन् यहाँ । त्यही भएर नै आकास छ्यांग खुल्नेबित्तिकै हिमश्रृङ्खलाको लामो दृश्य हेर्न यो पदमार्गमा अझ उपयुक्त ठाउँ… पुरा पढौ