मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका –५ स्थित ढुम्बा तालको मनोरम दृश्य । धार्मिक हिसाबले पनि महत्वपूर्ण ढुम्ब ताल १३० मिटर चौडा, १६० मिटर लामो र १० मिटर गहिरो छ । यस ठाउँलाई गुरुङहरुले आप्mनो प्राकृतिक देवस्थलको रुपमा मान्ने गरिन्छ । तस्विरः खड्ग गुरुङ
पुरा पढौ
तनहुँको व्यास नगरपालिका–५ साँगेका कृषक धान थन्क्याउने चटारोमा । मङ्सिर ४ गते हुने निर्वाचनका लागि राजनीतिक तथा दल उम्मेदवारलाई चुनाव लागे पनि कृषक भने धान थन्क्याउने चटारोमा व्यस्त छन् । तस्बिरः कृष्ण न्यौपाने/ रासस
पुरा पढौ
रिट्ठेपानी डाँडा कटान तीब्रः पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पर्ने रिट्ठेपानी डाँडा कटानको कार्यलाई तीब्रता दिंदै । धावनमार्गमा ४० मिटर ‘अप्स्ट्र्याकल’ परेकाले दुई हप्तामा १४ मिटर डाँडा काटेर मंसिर १४ गते यान्त्रिक उडान गर्ने विमानस्थलको योजना छ । धावनमार्गको ‘अप्रोच’ पर्ने करिब ४० मिटर डाँडा काटेर समतल बनाइनेछ । तस्विरः खेम गुरुङ
पुरा पढौ
कात्तिक लागेसँगै डोल्पोबुद्ध गाउँपालिका र शे–फोक्सुण्डो गाउँपालिकाको बीचमा रहेको बिचिस जाङला लेकमा परेको हिउँ पार गर्दै सदरमुकाम दुनैतर्फ जाँदै गरेका खच्चड । उपल्लो डोल्पामा खच्चड र चौरीद्वारा खाद्यान्न ढुवानी गरिन्छ । तस्बिरः हेमन्त केसी/रासस
पुरा पढौ