कोरोना

पोखराका १७ सहित गण्डकी प्रदेशमा १९ जनामा कोरोना संक्रमण, थप एकको मृत्यु

पोखरा, २९ भदौ । पोखराका १७ जनासहित गण्डकी प्रदेशमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमवार बिहान जारी गरेको विज्ञप्तिअनुसार पोखरा महानगरपालिकाका १७ जना र बागलुङ बडिगाडका २ जनामा गरी १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । क्षयरोग उपचार कन्द्रमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका ४ र १७ का ७ जना नेपाल प्रहरीका हुन् । त्यस्तै पोखरा महानगरपालिका ८ का २१ वर्षीया युवती पोखरा महानगर अन्तर्गत कार्यरत स्वास्थ्यकर्मी हुन् । यस्तै पोखरा महानगर ३३ का… पुरा पढौ

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

पोखरा, २८ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । देशभर आज थप ९ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३४५ पुगेको छ । गत २४ घण्टामा मृत्यु हुनेमा ३ महिला र ६ जना पुरुष रहेका छन् । मृतकमा महिलामा काठमाडौंकी ६५ वर्षीया २ महिला, र कास्ककी ४५ वर्षीया गरी ३ महिला रहेका छन् । यस्तै पुरुषहरुमा मोरङका ६९ वर्षीय, काठमाडौंका ५९, ७०, ६४ र ५९ वर्षीय गरी ४ जना र सिन्धुपाल्चोकका… पुरा पढौ

थप १०३९ जनामा कोरोना संक्रमण, ११७३ जना डिस्चार्ज

पोखरा, २८ भदौ । पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । आइतबारसम्म होम आइसोलेसनमा ७ हजार ३ सय ८७ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ७ हजार ७ सय ३० जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १५ हजार १ सय १७ जना रहेको छ । प्रवक्ता गौतमका… पुरा पढौ

कोरोना संक्रमणका कारण गण्डकीमा थप ३ जनाको मृत्यु

पोखरा । कोरोना संक्रमणका कारण गण्डकी प्रदेशका थप ३ जनाको मृत्यु भएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ३ जनाकै मृत्यु काठमाडौंका विभिन्न अस्पतालमा भएको हो । शनिवारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले प्रदेशका ३ जनाको मृत्यु भएको बताएका थिए । कोरोना संक्रमितको मृत्यु जहाँ भए पनि स्वास्थ्य मन्त्रालयले रेकर्ड राख्दा जुन प्रदेशको ठेगाना हो त्यही अनुसार राख्ने गरेको छ । निर्देशनालयका… पुरा पढौ

गण्डकीमा फेरि २९ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, २८ भदौ । गण्डकी प्रदेशमा फेरि २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान १० बजे तेस्रोपटक जारी गरेको विज्ञप्तिअनुसार प्रदेशका ५ जिल्लाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा लमजुङका १० जना, स्याङ्जाका १ जना, तनहुँका ५ जना, नवलपुरका ६ र गोरखाका ७ जनामा गरी २९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । संक्रमित सबैजना कन्ट्रयाक्ट ट्रेसिङका आधारमा पहिचान… पुरा पढौ

विदेशमा यो साता ४३ नेपालीको कोरोनाबाट मृत्यु, कुल मृतकको संख्या २४३ पुग्यो

काठमाडौँ, २८ भदौ । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले बताए । गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै स्वास्थ्य समितिले उल्लेख गरेको छ । यो सँगै साउदी अरबमा मात्रै सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ५२ पुगेको साउदी अरबका लागि… पुरा पढौ

पोखरामा फेरि थप ४ जनामा कोरोना संक्रमण

पोखरा, २८ भदौ । पोखरामा फेरि ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखराका ४ वडाका १ पुरुष र ३ महिलामा गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान दोस्रोपटक जारी गरेको विज्ञप्तिअनुसार पोखरा ६ का ४५ वर्षे पुरुष, ५ का ३६, २७ का २१ र १ का ५० वर्षीया महिला कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा… पुरा पढौ