कोरोना

तनहुँ र नवलपुरमा गरी ३१ जनामा कोरोना संक्रमण, प्रदेशमा संक्रमितको संख्या २७९५ पुग्यो

पोखरा । गण्डकी प्रदेशमा फेरि ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका २ जिल्ला तनहुँ र नवलपुरमा संक्रमित फेला परेका हुन् । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय ९५ पुगेको छ । यसअघि आजै बिहान दुईपटक गरी ३४ जनामा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शुक्रबार तेस्रो पटक जारी विज्ञप्तिअनुसार तनहुँका १० जना र नवलपरासी (ब.सु.पू.)का २१ जनामा कोरोना पुष्टि भएको हो । तनहुँ जिल्लाका संक्रमितमध्ये ५ जना भानु नगरपालिकास्थित सशस्त्र… पुरा पढौ

मेट्रोसिटीका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, गण्डकी प्रदेशमा फेरि १७ जना संक्रमित थपिए

पोखरा, २६ भदौ । गण्डकी प्रदेशमा फेरि १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ३ जिल्ला कास्की, लमजुङ र पर्वतमा संक्रमित फेला परेका हुन् । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७ सय ६४ पुगेको छ । यसअघि आजै बिहान ४ जिल्लाका १७ जनामा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले शुक्रबार दोस्रो पटक जारी गरेको विज्ञप्ति अनुसार पोखरा मेट्रोसिटी अस्पतालका ३२ वर्षीय पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ भने सोही अस्पतालमा उपचाररत ३५… पुरा पढौ

पोखराका २ जनासहित गण्डकी प्रदेशमा १७ जनामा कोरोना संक्रमण

पोखरा, २६ भदौ । पोखराका थप २ जनासहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रवार प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान ९ः५० बजे जारी गरेको विज्ञप्ति अनुसार पोखरा महानगरपालिकामा २ सहित ४ जिल्लाको गरी प्रदेशमा थप १७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र पोखरा र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका १० का १ जना, १ का १ जना गरी २ जना, तनहुँका १ जना, स्याङ्जाका… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ८० लाख

पोखरा, २६ भदौ । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ८० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज शुक्रवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ८० लाख ५४ हजार ३९६ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ६३ लाख ९७ हजार १३२ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ४४ लाख ६५ हजार ८६३ पुगेको छ भने… पुरा पढौ

थप १२४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५० हजार नाघ्यो

पोखरा, २५ भदौ । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । बिहीवारसम्म होम आइसोलेसनमा ६ हजार ४ सय ३८ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ८ हजार १० जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १४ हजार ४ सय ४८ जना रहेको छ । प्रवक्ता गौतमका… पुरा पढौ

गण्डकी प्रदेशमा २ जना कोरोना संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । गण्डकी प्रदेशमा संक्रमितको संख्या २ हजार ७ सय ३० पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले बिहिबार दोस्रो पटक जारी गरेको विज्ञप्तिअनुसार प्रदेशमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ हजार ७ सय ३० पुगेको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका १७ का ६१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । त्यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका ६ की ३० वर्षीया महिलामा पनि कोरोना पुष्टि… पुरा पढौ

विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो

पोखरा, २५ भदौ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ९ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बिहीबार बिहानसम्म कोरोना भाइरस संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ९ लाख २३९ पुगेको छ । कोरोना संक्रमणका कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । अमेरिकामा हालसम्म १ लाख ९० हजार ७६३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा कोरोना संक्रमणबाट १ लाख २७ हजार ४६४ जनाको… पुरा पढौ