कोरोना

२४ घण्टामा थप १३८० जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुग्यो

पोखरा, १३ मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ३ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ भने आज देशभर सक्रिय संक्रमितको १८ हजार ८३ रहेका छन्। यसैगरी सोही अवधिमा अवधीमा ५ सय १५ संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ११ हजार १८६ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोना… पुरा पढौ

२४ घण्टामा २३ कोरोना संक्रमितको मृत्यु, थप १७०३ जनामा संक्रमण पुष्टि

पोखरा, १२ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधीमा २३ संक्रमितको मृत्यु भएको हो । हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ४३५ पुगेको छ । सोही अवधीमा १ हजार ७०३ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा १ हजार २३६ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । सक्रिय संक्रमितको संख्या… पुरा पढौ

पोखरामा २ संक्रमितको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा थप २ कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनलाय गण्डकीका अनुसार पोखरा २ का ५९ वर्षीय पुरुष र पोखरा ३२ की ६६ वर्षीया महिला रहेका छन् । पोखरा २ का ५९ वर्षीय पुरुषको बिहीबार बेलुका चरक मेमोरियल अस्पतालमा निधन भएको हो । मंसिर ५ गते कोरोनाभाइरस संक्रमण पुष्टि भएका उनमा मृगौला र मधुमेहको समस्या थियो । त्यस्तै पोखरा ३२ का ६६ वर्षीया कोरोना संक्रमित महिलाको आज शुक्रवार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ८ लाख नाघ्यो

पोखरा, १२ मंसिर । विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ८ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज शुक्रवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड ८ लाख ६० हजार १६९ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड २८ लाख ७९ हजार ८६४ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ९२ लाख ६६ हजार ७०५ पुगेको… पुरा पढौ

गण्डकी प्रदेशमा आज ७४ जना कोरोना संक्रमित थपिए

पोखरा, ११ मंसिर । गण्डकी प्रदेशमा थप ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार प्रदेशका ७ जिल्लामा ७४ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । थपिनेमध्ये कास्कीका ४३ जना छन् । तनहुँमा १३ जना संक्रमित थपिएका छन् भने नवलपरासीपूर्व र गोरखामा ६/६ जना संक्रमित थपिएका छन् । यसैगरी बागलुङमा ४, स्याङ्जामा र पर्वतमा १/१ जना संक्रमित थपिएका छन् । यससँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ११ हजार ५ सय ५३ पुगेको छ । तीमध्ये ६… पुरा पढौ

२४ घण्टामा थप १६१४ जनामा संक्रमण पुष्टि, १४३७ जना संक्रमणमुक्त

पोखरा, ११ मंसिर । पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ । तीमध्ये नेपालमा १ हजार ४ सय १२ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप दुई जनाको निधन

पोखरा, ११ मंसिर । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप २ जनाको निधन भएको छ । पछिल्लो पटक संक्रमणका कारण मृत्यु हुनेमा पोखराका १३ को ६६ वर्षीया महिला र लमजुङ मध्यनेपाल ७ की ८७ वर्षीया महिला रहेका छन् । दुवैको पोखरामा उपचारका क्रममा ज्यान गएको हो । पोखरा १३ का ६६ वर्षीया महिलाको बुधबार राति साढे ९ बजे मणिपाल शिक्षण अस्पतालमा ज्यान गएको हो । उनलाई मंसिर ८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यस्तै लमजुङ मध्यनेपाल नगरपालिका… पुरा पढौ