कोरोना

कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ४७७ पुग्यो

पोखरा, ११ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । देशभर आज थप १० जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४७७ पुगेको छ । गत २४ घण्टामा मृत्यु हुनेमा १ महिला र ९ जना पुरुष रहेका छन् । मृतकमा महिलामा काठमाडौंका ५० वर्षीया रहेका छन् । यस्तै पुरुषहरुमा बाराका २० वर्षीय, ललितपुरका ४२ र ७७ वर्षीय गरी २ जना, काठमाडौंका ६१ र ६२ वर्षीय परुष, रुपन्देहीका ७२ वर्षीय, बर्दियाका ५० र ६३… पुरा पढौ

थप १५७३ जनामा कोरोना संक्रमण, ८५५ जना डिस्चार्ज

पोखरा, ११ असोज । पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । आइतबारसम्म होम आइसोलेसनमा १० हजार ६ सय ९८ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ३ सय २१ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १९ हजार १९ जना रहेको छ । प्रवक्ता गौतमका… पुरा पढौ

पोखराका २१ जनासहित गण्डकी प्रदेशमा थपिए ७१ कोरोना संक्रमित

पोखरा । पोखरामा २१ जनासहित गण्डकी प्रदेशमा आज ७१ जना कोरोना संक्रमित थप भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो विज्ञप्ती अनुसार पोखराका २१ सहित गण्डकी प्रदेशका ४ जिल्लामा गरी ७१ जना कोरोना संक्रमित थपिएका छन । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा कास्कीका २१ जना, लमजुङका १६ जना, बागलुङका ३१ जना र नवलपुरका ३ जना गरी ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कास्कीका संक्रमितमध्ये पोखरा महानगरपालिकाका–३ का २७ वर्षीय पुरुष र वडा नं १५ का ३८… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २७ लाख

पोखरा, ११ असोज। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड २७ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज आइतबार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड २७ लाख १२ हजार ९ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख ७७ हजार ३२९ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ५९ लाख ३ हजार ९३२ पुगेको छ । तेस्रो… पुरा पढौ

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो

पोखरा, १० असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ जना पुरुषको मृत्यु भएको छ । देशभर आज थप ८ जना पुरुषको मृत्यु भएसँगै मृतकको कुल संख्या ४६७ पुगेको छ । गत २४ घण्टामा मृत्यु हुने पुरुषहरुमा सप्तरीका ६३ वर्षीय, काठमाडौंका २० र ७४ वर्षीय गरी दुई जना, भक्तपुरका ८८ वर्षीय, मकवानपुरका ७४ वर्षीया, ललितपुरका ७६ वर्षीय, रुपन्देहीका ७२ वर्षीय र कैलालीका ३० वर्षीय गरी ८ जना भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पुरा पढौ

स्वास्थ्य निर्देशनालयमा कार्यरत ३ जनासहित गण्डकीमा थप १३ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा फेरि थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले गण्डकीको पछिल्लो अध्यावधिक विवरण अनुसार पोखरामा थप ७ जनासहित गण्डकी प्रदेशका १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य निर्देशनालयमा कार्यरत ३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा निर्देशनालयमा कार्यरत ५३ तथा ५७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ भने सोही अन्तर्गत डब्लुएचओ आइपिडीमा कार्यरत ४९ वर्षीय पुरुषलाई… पुरा पढौ

थप १२०७ जनामा कोरोना संक्रमण, ११४७ जना डिस्चार्ज

पोखरा, १० असोज । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । शनिवारसम्म होम आइसोलेसनमा ११ हजार २ सय ८ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ७ हजार १ सय ३३ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १८ हजार ३ सय ४१ जना रहेको छ ।… पुरा पढौ