कोरोना

पोखराका १ पत्रकार सहित पर्यटक प्रहरीलाई कोरोना पुष्टि

पोखरा । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो अध्यावधिक विवरणअनुसार गण्डकी प्रदेशमा ५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये पोखरा ४ का ३८ वर्षीय पुरुष स्याङ्जाको पुतलीबजार नगरपालिका १३ घर भएका उनी पोखरामा पत्रकारिता गर्छन् । त्यस्तै पोखरा ६ का २७ र ३१ वर्षीय २ जनालाई संक्रमण पुष्टि भएको हो । उनीहरु पर्यटक प्रहरी रहेको स्वास्थय निर्देशनालयले जानकारी दिएको छ । त्यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका १० का २७ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ९४ लाख

पोखरा, ३१ भदौ । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ९४ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज बुधवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ९४ लाख ७७ हजार १८३ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ६६ लाख ४ हजार १५६ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ४९ लाख ३० हजार २३६ पुगेको छ ।… पुरा पढौ

पोखराका २८ सहित गण्डकी प्रदेशमा ५० जनामा कोरोना संक्रमण

पोखरा, ३१ भदौ । गण्डकी प्रदेशमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा ४ जिल्लाका ५० जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयले बुधवार बिहानै जारी गरेको विज्ञप्तिअनुसार कास्कीमा २९, तनहुँमा ५, बागलुङमा ३ र गोरखामा १३ जना थपिएका हुन् । आज संक्रमण पुष्टि भएको पोखरा ४ का ८ जना नेपाल प्रहरीका हुन् । त्यस्तै वडा नं. १ का २५ वर्षीया महिला पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी हुन् भने पोखरा… पुरा पढौ

जापानमा कोरोना संक्रमित ७७ हजार, ६८ हजार जना सञ्चो भए

सन थापा, जापान ।सेप्टेम्वर १५ । जापानमा हालसम्म कोरोना संक्रमित संख्या ७७ हजार २ सय ८३ जना पुगेको छ । जसमध्ये जापानभित्र संक्रमित भएका ७६ हजार ५ सय ७१ जना र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ७ सय १२ जना हुन् । त्यसैगरी निको हुनेको संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु ६ सय ५९ सहित कूल ६८ हजार ४ सय ९० जना पुगेको छ ।मंगलबार ५ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ओसाकामा छ,… पुरा पढौ

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

पोखरा, ३० भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । देशभर आज थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३७१ पुगेको छ । गत २४ घण्टामा मृत्यु हुनेमा ४ महिला र ७ जना पुरुष रहेका छन् । मृतकमा महिलामा सिराहाका ३५ वर्षीया, बाराका ५५ वर्षीया, काठमाडौंका ८६ र रुपन्देहीका ६४ वर्षीया गरी ४ महिला रहेका छन् । यस्तै पुरुषहरुमा सर्लाहीका ६४, बाराका ५५ वर्षीय, काठमाडौंका ३४, ९६ र ६६ वर्षीय गरी… पुरा पढौ

थप १४५९ जनामा कोरोना संक्रमण, १०६२ जना डिस्चार्ज

पोखरा, ३० भदौ । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । मंगलवारसम्म होम आइसोलेसनमा ७ हजार ६ सय ४० जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ८ हजार १ सय ३९ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १५ हजार ७ सय ७९ जना रहेको छ ।… पुरा पढौ

मनिपाल अस्पतालमा ७० वर्षीया कोरोना संक्रमितको मृत्यु

पोखरा । पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका ९ का ७० वर्षे पुरुषको मनिपाल शिक्षण अस्पतालमा भदौ २९ गते राती ११ः२० बजे मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । भदौ २५ गते अस्पतालमा भर्ना भएका ती वृद्धमा भदौ २८ गते कोरोना पुष्टि भएको थियो । उनको सोमबार राति मृत्यु भएको निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । पुरा पढौ