बाढी/पहिरो

बाढीले मोवाखोला पुलमा क्षति, पृथ्वी राजमार्ग अवरूद्ध

चितवन । अविरल वर्षाले पृथ्वी राजमार्गको धादिङ र चितवन जोड्ने मोवाखोलामाथिको पुलमा क्षति पुर्‍याएको छ। पुलको धादिङतर्फको भागमा बाढीले कटान गरेर क्षति पुगेको हो। धादिङ बेनिघाट रोलाङ गाउँपालिका वडा नम्बर १० मा रहेको उक्त पुलमा क्षति पुगेपछि अहिले पृथ्वीराजमार्गको उक्त सडकखण्ड अवरूद्ध छ। सवारी साधन पुलबाट आउजाउ गर्न सक्ने अवस्था छैन। त्यस्तै खहरे खोलाले पुल छेउमा रहेका ३ वटा घरलाई समेत क्षति पुर्याएको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटीले जानकारी दिए । अध्यक्ष डल्लाकोटीका अनुसार घटनामा मानवीय क्षति भने… पुरा पढौ

पहिराेले नारायणगढ मुग्लिन सडक अवरुद्ध

चितवन । अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । इच्छाकामना–६ चारकिलो भन्ने स्थानमा सोमबार बिहान ५ बजेतिर दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो । पानी लगातार परिरहेको र माथिबाट समेत थप पहिरो खसिरहेकाले आज दिनभर जस्तो सडक अवरुद्ध हुन सक्ने देखिएको प्रहरीले जनाएको छ । त्यसैले आज यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न भनिएको छ । सडक पन्छाउन आज दिन भर लाग्न सक्ने हुँदा सो सडक भएर आवतजावत गर्ने सवारी साधनलाइन वैल्पिक… पुरा पढौ

अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी २३ को मृत्यु, ३६ बेपत्ता

पोखरा, २६ असार । अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी आज देशका विभिन्न स्थानमा मृत्यु हुनेको संख्या २३ पुगेको छ भने ३६ जना बेपत्ता रहेका छन । राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको साँझ ५ बजेको मनसुन घटना विवरण अनुसार म्याग्दीमा ३, लमजुङमा ३, कास्कीमा ७, रुकुम पश्चिम २, जाजरकोटमा ७ र गुल्मीमा १ गरी २३ जनाको मृत्यु भएको छ । त्यसैगरी म्याग्दीमा ३१ र जाजरकोटमा ५ जना गरी ३६ जना बेपत्ता रहेका छन । त्यस्तै लमजुङमा ३, कास्कीमा १७,… पुरा पढौ

म्याग्दीमा ११ को मृत्यु, २२ बेपत्ता, ३५ घरमा क्षति, बेलीब्रिज बगायो [अपडेट]

म्याग्दी । अविरल वर्षापछि आएको पहिरोमा परी म्याग्दीमा दर्जनौं घर पुरिनुका साथै ११ जनाको मृ्त्यु भएको छ भने २२ जना बेपत्ता भएका छन् । पहिरोका कारण ३५ वटा घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । धौलागिरी गाउँपालिका–७ ताकममा पहिरोमा परी दुई जना, मालिका गाउँपालिका–७ बिममा आठ जना र रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीमा एक जना गरी ११ जनाको मृत्यु भएको छ । पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–६ मराङमा पहिरोका कारणले २१ जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले… पुरा पढौ

लमजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

लमजुङ । बिहीबार रातिको भीषण वर्षापछि लमजुङको बेसीसहर नगरपालिका–७, सातबिसेमा गएको पहिरोले घर पुरिंदा एकै घरका तीन जनाको ज्यान गएको छ । स्थानिय दीपक तामाङको घर पहिरोले पुरिएको हो । पहिरोमा परि दीपक तामाङ, उनकी श्रीमती बिमाया तामाङ र छोरा सेवाङ तामाङको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ । अन्य तीन जना सामान्य घाइते भएका छन् । राति ११ बजे तिर माथिबाट आएको पहिरोले घर पुरिएको हो । उद्धारका लागि राति नै प्रहरी घटनास्थल पुगेको थियो । दीपककी आमा, बुवा… पुरा पढौ

पोखरामा पहिरोमा पुरिएर ४ जनाको मृत्यु, ७ घाइते

पोखरा, २६ असार । अविरल वर्षाका कारण गएको पहिरोमा परी पोखराका विभिन्न स्थानमा गरी चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । राति अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ । एकै घरमा रहेका १० जनामध्ये पहिरोमा परी ३ जनाको मृत्यु भएको र ७ जना घाइते छन् । पहिरोमा परी घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको… पुरा पढौ

जापानमा भीषण वर्षा, ६५ जनाको मृत्यु, १६ जना बेपत्ता

सन थापाजापान, जुलाई ९ (२५ असार) । भीषण वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परि जापानमा ६५ जनाको मृत्यु भएको छ। त्यसैगरी १६ जना वेपत्ता भएका छन् भने १ जना अचेत अवस्थामा रहेको जापानी संचारसंस्था एनएचकेले जनाएको छ। गत आइतबारदेखि परेको अविरल वर्षाले जापानको दक्षिणी क्षेत्रमा क्युशुमा पर्ने कुमामोतो प्रान्तको कुमा, यामागा, हितोयोसी, आसिकिता, याचुशिरो, चुनाकी शहरका बासिन्दाको बाढी, पहिरो र डुबानमा परि मृत्यु भएको हो । वेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यको लागि सेना परिचालन गरिएको छ ।… पुरा पढौ