ताजा समाचार

मन्त्रिपरिषद् बैठकका १४ निर्णय

Mardi News
काठमाडौँ, १७ पुस । सरकारले पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक गरेका हुन् । सरकारले गरेका निर्णयहरुः १.ऋण असुली न्यायाधीकरणको रिक्त बैंकिङ सदस्य पदमा टोखा नगरपालिका वडा ४ काठमाडौं निवासी नरेशराज अर्याललाई आगामी पाँच वर्षका लागि पुनः नियुक्त गर्ने निर्णय गरिएको छ । २.जलविद्युतसँग सम्बन्धित आयोजना तथा कम्पनीबाट अनुरोध भई आएका ९ वटा जलविद्युत आयोजनाका लागि जग्गा… पुरा पढौ

गण्डकी प्रदेशमा नेपाल भ्रमण वर्षको पोखराबाट भव्य उद्घाटन

Mardi News
पोखरा, १६ पुस । गण्डकी प्रदेशको राजधानी पोखरामा नेपाल भ्रमण वर्षको मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले भव्य रुपमा उद्घाटन गरेको छ । बुधबार नेपाल भ्रमण वर्षको हट एयर बेलुन उडाएर उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले संघीय सरकारको पर्यटक लक्ष्यमा प्रदेश सरकारले ५० प्रतिशत योगदान दिने बताए । संघीय सरकारले भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा गण्डकी प्रदेश सरकारले १० लाख पर्यटक भित्राउने दाबी गरेका हुन् । गण्डकी प्रदेशमा २०१८ मा करिब १० लाख र २०१९ मा करिब १५… पुरा पढौ

आजबाट च्यु ल्हो सुरु

Mardi News
मुख्यमन्त्री गुरुङले दिए शुभकामना पोखरा, १५ पुस । १४ गते राती १२ बजे तमु समुदायको नयाँ वर्गचक्र फेरिएको छ । आज १५ गते मंगलबार देशभर तमु समुदायले गाउँदेखि शहरसम्म विभिन्न संघसंस्था तथा समाजमा ल्होसार मनाइरहेका छन् । पुस १५ तमु समुदायले विशेष पर्वको रुपमा ल्होसार मनाउँछन् । सांस्कृतिक पर्व ल्होसार पछिल्लो समय पहिचानको पर्व बनेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ समुदायको साँस्कृतिक पर्व ल्होसारको अवसरमा शुभकामना दिएको छ । उक्त सन्देशमा भनिएको छ– ‘साँस्कृतिक परम्पराका धनी नेपालका… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि थप १ सय ४ रोपनी जग्गा अधिग्रहण हुन्छः मन्त्री भट्टराई

Mardi News
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पोखरा विमानस्थल निर्माणको लागि थप जग्गा आवश्यक परेकोले जग्गा अधिग्रहण गरिने बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले आज (शनिबार) पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री भट्टराईले थप १ सय ४ रोपनी जग्गा आवश्यक परेको र उक्त जग्गालाई स्थानीयको चित्त बुझ्ने गरी प्रचलित मूल्य दिएर अधिग्रहण गरिने बताएका हुन् । तेश्रो पटक थप जग्गा अधिग्रहण गर्दा १२ वटा घरहरु पर्ने भएकोले उक्त घरको समेत उचित मुल्य दिएर घरलाई समेत अधिग्रहण गर्ने… पुरा पढौ

भोलि ल्होसारको शुभकामना आदानप्रदान तथा रक्तदान

Mardi News
पोखरा । तमु प्ये ल्हु संघ केन्द्रीय समितिले च्यु ल्होसारको विविध कार्यक्रम अन्तर्गत भोलि शनिबार शुभकामना आदानप्रदान, चियापान तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । केन्द्रकै फलिना क्होइबो परिसरमा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा रक्तदान एवम् शुभकामना आदानप्रदान गर्न लागेको हो । फाइल तस्वीरहरु तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिको आव्हानमा प्रत्येक वर्ष रक्तदान कार्यक्रम गर्दै आइरहेको छ । त्यसै गरी च्यु ल्होसारको विविध कार्यक्रम अन्तरगत १३ गते रस्साकसी र छेलो प्रतियोगिता, १४ गते अन्तरसमाज… पुरा पढौ

तमु प्ये ल्हु संघले हङकङ जानेहरुको विदाई

Mardi News
पोखरा । तमु प्ये ल्हु संघ पोखराले हङकङ शाखाले आयोजना गरेको च्यु ल्होसार कार्यक्रममा प्रमुख अतिथि तथा प्रतिनिधित्वको लागि जानेहरुलाई विदाई गरेको छ । संघको केन्द्रीय अध्यक्ष हितकाजी टु तमुको नेतृत्वमा ५ जनाको समूहलाई आज शुक्रबार एक कार्यक्रम गरी विदाइ गरे । संस्थाको कार्यवाहक अध्यक्ष एवम् वरिष्ठ उपाध्यक्ष आइबहादुर ल्हेंगे तमुलगायत केन्द्रीय पदाधिकारीहरुले उनीहरुलाई विदाई गरेको हो । उक्त समूह भोलि बिहान पोखराबाट हङकङको लागि प्रस्थान गर्दैछ । तमु प्ये ल्हु संघ हङकङ शाखाले आयोजना गरेको च्यु ल्होसार कार्यक्रममा सहभागिताको… पुरा पढौ

कजाकस्तानमा ९५ यात्रु सवार विमान दुर्घटना

Mardi News
नुर सुल्तान । मध्य एसियाली मुलुक कजाकस्तानमा शुक्रबार बिहान एक यात्रुवाहक जहाज दुर्घटनामा परेको छ । स्थानीय समयअनुसार ७ः२२ बजे सो दुर्घटना भएको हो । बेक एयरको फ्लाइट नम्बर जे ९२१०० को जहाज अल्माटी विमानस्थलबाट उडेको केहीबेरमै बारमा ठोक्किएको थियो । त्यसपछि दुई तले घरमा बजारिएको जहाज टुक्राटुक्रा भएको छ । राजधानी नुरसुल्तानका लागि उडेको जहाजमा ९५ यात्रु र पाँच चालक दलका सदस्य थिए । दुर्घटनामा परी नौ जनाको मृत्यु भएको पुष्टि भएको छ भने जीवितहरूको उद्धार प्रयास जारी रहेको… पुरा पढौ