मनोरन्जन

गाईजात्रा विशेष

आज गाईजात्रा, गाईजात्राको अवसरमा केही कार्टुनहरु

पोखरा, २० साउन । साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाइने गाईजात्रा पर्व आज मनाइँदैछ । दिवङ्गत आफन्तहरुको सम्झना गर्ने तथा उनीहरुलाई आत्मशान्ति मिल्ने विश्वासस्वरुप गाइजात्रा पर्व मनाउने गरिएको छ । गाइजात्रामा गाई वा मानिसलाई गाईका रुपमा सिँगारेर नगर परिक्रमा गराउने प्रचलन रहेको छ । काठमाडौँ उपत्यकाका तीनै सहरमा मनाइने परम्परागत साँस्कृतिक उत्सव गाईजात्रा आजदेखि आठ दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरि मनाइन्छ । त्यस्तै गाइजात्रामा विभिन्न ठाउँमा कलाकारहरुले राजनीतिक दल र नेताहरुप्रति ब्यङग्य कसेर कार्यक्रम गर्ने गर्दछन् । नेताहरुमाथि व्यङग्यको… पुरा पढौ

लेण्डुक ल्होमीको “द एभरेष्ट” म्युजिक भिडियो भोलिबाट बजारमा

गितकार लेण्डुक ल्होमीको "द एभरेष्ट" बोलको म्युजिक भिडियो भोलि शुक्रबार बेलुकी ७ बजे गुरु अनलाईन टिभी च्यानलबाट सार्बजनिक हुदैछ । संखुवासभा जिल्ला भोटखोला गाउँपालिका वडा–२ थाङमुछ्यी स्थायी घर भएका ल्होमी बिगत १५ वर्ष देखि पर्यटन क्षेत्रमा क्रियाशील र नेपाल माउण्टेन लिडर एसोसिएसनका सदस्य पनि हुनुहुन्छ । पर्वतारोहीले भोग्नु पर्ने यथार्थ दुःख, कष्ट, रहर तथा बाध्यताहरुलाई यथार्थ रुपमा व्याख्या गरिएको उक्त गीतको शब्द, सङ्गीत र स्वर स्वयम ल्होमी कै रहेको छ भने सङ्गीत संयोजन पेमा वाङ्दी लामाले गर्नु भएको छ ।… पुरा पढौ

साम्राज्ञीविरुद्ध भुवन केसीले १० करोडको मुद्दा दायर गरे

काठमाडौँ । अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेका छन् । शुक्रबार दिउँसो केसीले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जनाए । केसीले शाहसँग १० करोडको क्षतिपुर्तिको मागदावी गर्दै मुद्दा दायर गरेको बताइएको छ । गत असार १२ गते अभिनेत्री शाहले सार्वजनिक रुपमै केसीले आफूलाई दुव्र्यवहार गरेको दावी गरेपछि उनीहरुबीच विवाद सुरु भएको थियो । पछिल्लो समय अभिनेत्री शाहले फिल्ममा काम गर्ने क्रममा आफू दुर्व्यवहारको शिकार भएको… पुरा पढौ

साम्राज्ञीविरुद्ध कलाकार संघ पुगे भुवन, विवाद उत्कर्षमा

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र निर्माता भुवन केसीबीचको विवाद उत्कर्षमा पुगेको छ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले लगाएको दुर्व्यवहारको आरोपले आफ्नो चरित्र हत्या भएको भन्दै नायक एवं निर्माता भुवन केसीले कलाकार संघमा उजुरी दिएका छन् । केही दिनदेखि साम्राज्ञीले आफूविरुद्ध निराधार र मनगढन्ते आरोप लगाएको भन्दै उनले बिहीबार संघमा एक निवदेन दिइ छानबिनको माग पनि गरेका छन् । साम्राज्ञीले सामाजिक सञ्जालमा लगाएका आरोपमा सत्यता नभएको र यसले चलचित्र क्षेत्रको नै बद्नामी भएको भुवनले दाबी गरेका छन् । ’आजभन्दा ५÷६ वर्षअगाडि… पुरा पढौ

बलिऊड संगीतकार ४२ वर्षीय वाजिद खानको निधन

काठमाडौं, १९ जेठ । बलिऊडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ । आइतबार राती उनको ४२ बर्षको उमेरमा निधन भएको हो । मृगौला पीडित खानमा पछिल्लो समय कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । यद्दपी कोरोना सङ्क्रमणबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन् । ‘साजिद वाजिद’को नामले चर्चित संगीतकारमध्ये वाजिदको निधनले ठूलो क्षति भएको जनाउँदै अर्का संगीतकार सलिम मर्चेन्टले वाजिदको निधनको पुष्टि गरेका छन् । मृगौलामा सङ्क्रमण भएपछि उनीे पछिल्लो चार दिनदेखि भेन्टिलेटरमा थिए । केही दिनअघि मात्रै उनको मृगौला प्रत्यारोपण… पुरा पढौ

पेन्टिङ बनाउँदा तनाबमुक्त हुन्छः केसी

mardi news
विश्व केसी मोर्डन आर्टिष्ट हुन । उनलाई अमुर्त कला सिर्जना गर्न औधि मन पर्छ । उनको धेरै पेन्टिङ्गहरू अमुर्त छन । उनी हरेक विषयलाई अमुर्त रूपमा देख्छ । यो लकडाउनको समयले धेरै मानिसलाई अत्याएको छ । कहाँ जाउँ, कता जाउँ भैराखेको छ । उनी यही बताउँछन । त्यसैले उनी पेन्ङ्गिमै डुब्छन । पेन्टिङ्ग बनाउदा तनाब मुक्त हुन्छ । एक खाले मेडिटेशन हुने उनको बुझाइ छ । उनी अमुर्त स्कप्चर पनि हुन् । माटो, सिमेन्ट रूखका जराहरूबाट मुर्ति बनाउँछन् ।आधुनिक मुर्ति… पुरा पढौ

‘अमेरिकन आइडल’को उपविजेतामा सिमित भए नेपालका दिवेश

अमेरिका । विश्व चर्चित गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल ‘आर्थर गन’ उपविजेता बनेका छन् । उनले सोमबार बिहान भएको १८औँ संस्करणको फाइनल प्रस्तुतिपछि भएको भोटिङमा दोस्रो स्थान हासिल गरेका हुन् । आर्थर गनको नामबाट सहभागी बनेका दिवेशलाई लाइबेरियन मूलकी गायिका जस्ट सामले पछि पारेकी हुन । पाँच जनामा भएको फाइनल प्रतिस्पर्धापछि उत्कृष्ट दुई जना छनोट गरिएको थियो । नेपालीले कलाकारले हासिल गरेको यो ऐतिहासिक उपब्धि हो । गत फागुनको पहिलो हप्ता भएको अमेरिकन आइडलमा अडिसनबाट छनोटसँगै… पुरा पढौ