कोरोना

पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु

पोखरा । पोखरामा फेरि थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा–२८ की ६० वर्षीया महिलाको मृत्यु भएको हो । उनलाई हिजो मात्र कोरोना भाइरस संक्रमण पुष्टी भएको थियो । उनमा निमोनिया, उच्च रक्तचाप र मिर्गौलाको समस्या थियो । यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ३१ पुगेको छ । पुरा पढौ

कास्कीका २ जनासहित गण्डकीमा ३ कोरोना संक्रमितको मृत्यु

पोखरास्थित विभिन्न अस्पतालमा उपचाररत कास्कीका २ जनासहित गण्डकी प्रदेशमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरास्थित गण्डकी मेडिकल कलेज, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक÷एकजना कोरोना संक्रमितको मृत्यु भएको हो । पोखरा महानगरपालिका–१७ की ७५ वर्षीया कोरोना संक्रमित महिलाको आज बिहान पौने ४ बजे गण्डकी मेडिकल कलेजमा निधन भएको छ । कात्तिक २४ गते कोरोना भाइरस संक्रमण पुष्टि भएकी उनमा निमोनिया, उच्च रक्तचाप र मधुमेहको समस्या थियो… पुरा पढौ

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या साढे दुई लाख नाघ्यो

पोखरा । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या साढे दुई लाख नाघेको छ । अमेरिका विश्वमा कोरोनाका कारण सबैभन्दा धेरै संक्रमित हुने र मृत्यु हुने देशको सूचिमा पहिलो स्थानमा छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म अमेरिकामा २ लाख ५० हजार ४२६ जनाको संक्रमणका कारण ज्यान गएको छ भने करिब १५ लाख मानिसमा संक्रमण पुष्टि भइसकेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बिहीबार बिहानसम्म अमेरिकामा १ करोड १४ लाख ९८ हजार ५१५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।… पुरा पढौ

भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नजिक

पोखरा, ४ मंसिर । भारतमा कोरोना संक्रमितको संख्या ९० लाख नजिक पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख १२ हजार ९०७ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ३८ हजार ६१७ संक्रमित थपिएका छन् भने ४ सय ७४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ३० हजार ९९३ पुगेको तथ्याङ्कमा उल्लेख छ । विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचिमा अमेरिका पछि भारत… पुरा पढौ

नेपालमा थप १४४२ जनामा कोरोना संक्रमण, ३५३८ जना डिस्चार्ज

पोखरा, ३ मंसिर । पछिल्लो २४ घण्टामा थप एक हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । बुधवारसम्म आइसोलेसनमा २८ हजार ८ सय ७८ जना उपचाररत रहेको छ। प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३८ जना डिस्चार्ज भएका छन् ।त्यसैगरी हालसम्म एक लाख ८२ हजार ७ सय ८० जना… पुरा पढौ

नेपालमा थप ११९७ जनामा संक्रमण पुष्टि, २९३४ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १० हजार ९ सय ७३ पुगेको छ भने उनीहरुमध्ये १ हजार २ सय ३० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा मात्र २ हजार ९ सय ४३… पुरा पढौ

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप २०५ जनामा कोरोना संक्रमण

पोखरा, ३० कात्तिक । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २०५ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार ९८८ जनाको पीसीआर परीक्षण गर्दा प्रदेशमा २ सय ५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । प्रदेशका ८ जिल्लाका २ सय ५ नयाँ संक्रमित थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ४ सय ९० पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । आइतबार थपिनेमा कास्कीका ११०, नवलपरासीपूर्वका ३६, लमजुङका १४, गोरखाका १४, मुस्ताङका १३, बागलुङका ९, तनहुँका ६ र पर्वतका ३… पुरा पढौ