कोरोना

थप १४७७ जनामा कोरोना संक्रमण, २७९८ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा २ हजार ७९८ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ पुगेको छ । आइतबारसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार १ सय २५ छ । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय २१… पुरा पढौ

पोखराका १९ जनासहित गण्डकी प्रदेशमा २२ जनामा कोरोना संक्रमण

पोखरा, ३० कात्तिक । पोखराका १९ जनासहित गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर एण्ड डाइग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा प्रदेशका कास्कीका १९ र तनहुँका २ जना गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार प्रदेशमा २२ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या १० हजार ३ सय ७ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । तीमध्ये प्रदेशमा हालसम्म ५ हजार ६० जना संक्रमणमुक्त भएका छन् भने १ सय २३… पुरा पढौ

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना संक्रमण

पोखरा, २९ कात्तिक । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २१० जना कोरोना संक्रमित थपिएका छन् । शनिवार १२७९ जनाको पीसीआर परीक्षण गर्दा प्रदेशमा २ सय १० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । शनिवार प्रदेशका ८ जिल्लाका २ सय १० नयाँ संक्रमित थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार २ सय ८५ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । शनिवार थपिनेमा कास्कीका १४८, पर्वतका १८, तनहुँका १४, म्याग्दीका १०, गोरखाका ६, स्याङ्जाका ५, लमजुङका ५ र बागलुङका… पुरा पढौ

थप १९४६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

पोखरा, २० कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ । पछिल्लो २४ घण्टामा २५०३ जना कोरोना मुक्त भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख ७० हजार ६३२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिवारसम्म देशभर ३६ हजार ४ सय ५२ संक्रिय संक्रमित छन् भने पछिल्ले २४ घण्टामा १३ जनाको मृत्यु… पुरा पढौ

पोखरामा थप २ जना कोरोना संक्रमितको मृत्यु

पोखरा, २९ कात्तिक । पोखरामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा २ जनाकै मृत्यु भएको हो । पोखरा– २६ की ७२ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान ७ः४५ बजे मृत्यु भएको हो । उनलाई हिजो मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यस्तै पोखरा १८ का ४८ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । उनको पनि आज बिहान ९ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो… पुरा पढौ

कास्कीका ८७ जनासहित गण्डकी प्रदेशमा १२९ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, २९ कात्तिक । कास्कीका ८७ जनासहित गण्डकी प्रदेशमा थप १२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा प्रदेशका ६ जिल्लाका १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शनिवार बिहान प्रदेशमा १२९ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या १० हजार २ सय ४ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । शनिवार संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै कास्कीका छन् । कास्कीमा ८७ जनालाई कोरोना संक्रमण पुष्टि भएका छन् । त्यस्तै पर्वतका… पुरा पढौ

एकैदिन अहिलेसम्मकै धेरै ६ लाख ५६ हजारमा कोरोना संक्रमण

पोखरा । पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख ५६ हजार १८० जनामा कोरोना संक्रमण भएको छ । ओर्ल्डोमिटरका अनुसार यो अहिलेसम्मकै धेरै हो । अघिल्लो दिन २४ घण्टामा ६ लाख ४३ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ९ हजार ९ सय ४२ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । अघिल्लो दिन ९ हजार ६ सय ६९ जना रहेको थियो । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा १ हजार ३ सय ९५ जनाको… पुरा पढौ