कोरोना

नेपालमा पहिलोपटक कोरोना संक्रमित डाक्टरको निधन

नेपालमा कोरोना संक्रमणका कारण पहिलोपटक चिकित्सकको मृत्यु भएको छ। प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत् प्रमुख कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको कोभिड–१९ का कारण मृत्यु भएको हो।  भेरी अस्पतालमा दरबन्दी रही सुर्खेतस्थित प्रादेशिक अस्पतालमा कार्यरत बाँकेको खजुरा-३ घर भएका ५९ वर्षीय सापकोटाको बिहीबार दिउँसो ३ बजेर १० मिनेटमा मृत्यु भएको प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए। डा सापकोटा वरिष्ठ हार्डजोर्नी रोग विशेषज्ञ हुन् । पुरा पढौ

पोखराका ७ जनासहित गण्डकी प्रदेशमा थपिए २६ कोरोना संक्रमित

पोखरा । पोखरामा ७ जनासहित गण्डकी प्रदेशमा २६ जना कोरोना संक्रमित थप भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो विज्ञप्ती अनुसार पोखराका ७ सहित गण्डकी प्रदेशका ४ जिल्लामा गरी २६ जना कोरोना संक्रमित थपिएका छन । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा कास्कीका ७ जना, लमजुङका १० जना, बागलुङका ६ जना र म्याग्दीका ३ जना गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । म्याग्दी जिल्लाका सबैजना र लमजुङ जिल्ला दुधपोखरी–२ का १९ वर्षीय पुरुष, मध्यनेपाल–६ का २२ वर्षीय… पुरा पढौ

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

पोखरा, १५ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । देशभर आज थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५०९ पुगेको छ । गत २४ घण्टामा मृत्यु हुनेमा १ महिला र १० जना पुरुष रहेका छन् । मृतकमा महिलामा बाँकेका ३४ वर्षीया रहेका छन् । यस्तै पुरुषहरुमा सुनसरीका २७, ५० र ५६ वर्षीय, काठमाडौं ६८ र ७८ वर्षीय, भक्तपुरका ६८ वर्षीय, ललितपुरका ४८ वर्षीय र रुपन्देहीका ४२, ५५ र ८० वर्षीय… पुरा पढौ

थप १९११ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या ५०९ पुग्यो

पोखरा, १५ असोज । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । बिहीबारसम्म होम आइसोलेसनमा ११ हजार ६९ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा १० हजार ७ सय ६१ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या २१ हजार ८ सय ३० जना रहेको छ । प्रवक्ता गौतमका… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३९४९ पुग्यो

पोखरा । स्वास्थ्य निर्देशनालय गण्डकीको पछिल्लो अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय ४९ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशका दुई जिल्लामा थप नयाँ ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा बागलुङका ४ जना र तनहुँका ५ जना रहेका छन् । यसअघि निर्देशनालयको दोस्रो विज्ञप्तिअनुसार कास्कीका १६ जनासहित प्रदेशमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि कोरोना पुष्टि हुनेमा भारतबाट आएका र आयल निगम गगनगौंडा… पुरा पढौ

नवलपुर र बागलुङका गरी गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, १५ असोज । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार १० बजे जारी गरेको विज्ञप्ति अनुसार प्रदेशका नवलपुर र बागलुङका गरी ११ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । नवलपुरको देवचुलीका १ जना र कावासोतीका ४ जना गरी ५ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी गराए । त्यस्तै बागलुङ जिल्लाको निसीखोलाका ३ जना र गलकोटका ३ जना गरी ६ जना रहेका छन् । निर्देशनालयका अनुसार बाग्लुङ… पुरा पढौ

गण्डकी प्रदेशमा बुधवार मात्रै ७७ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा बुधवार मात्रै थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बुधवार तीन पटक गरी जारी गरेको विज्ञप्तिअनुसार सबैभन्दा धेरै नवलपरासी (ब.सु.पू.)मा ३३ जना थपिएका छन् । त्यस्तै आज धेरै थपिने जिल्लामा दोस्रो स्थानमा कास्की रहेको छ । कास्कीमा ३१ जना थपिएका छन् । त्यस्तै आज संक्रमण पुष्टि हुनेमा बागलुङका ७ जना, तनहुँका ३ जना, गोरखाका २ जना र लमजुङका १ जना रहेका छन् । निर्देशनालयले पछिल्लो पटक जारी गरेको अध्यावधिक विवरण अनुसार… पुरा पढौ