कोरोना

भारतमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ९२ हजार ८ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै भारतमा संक्रमितको कूल संख्या ५० लाख २० हजार ३५९ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ । भारतको महाराष्ट्र सबैभन्दा बढी संक्रमित राज्य हो । महाराष्ट्रमा १० लाख ३७ हजार ७६५ पुगेको छ । महाराष्ट्रपछि दोस्रो संक्रमित आन्ध्रापूदेशमा ५ लाख ५७ हजार ५ सय ८७ पुगेको छ । तेस्रो स्थानमा रहेको राज्य तामिलनाडुमा ४… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ९७ लाख

पोखरा, १ असोज। विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ९७ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज बिहीबार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ९७ लाख ६० हजार ५७९ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ६६ लाख २९ हजार ७०२ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ५० लाख ३० हजार ३५९ पुगेको छ । तेस्रो… पुरा पढौ

गण्डकीमा थप २३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ सय नाघ्यो

पोखरा, १ असोज । पोखराका ४ जनासहित गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीवार बिहान जारी विज्ञप्ती अनुसार प्रदेशका ५ जिल्लाका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा पोखरा महानगरपालिकामा ४ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै गोरखा जिल्ल्को अजिरकोट र बारपाक सुलिकोटमा १/१ गरि दुई संक्रमित थपिएका छन् । यता बागलुङमा ४ जना र तनहुँमा १ जना संक्रमित थपिएका छन् । त्यस्तै चितवन मेडिकल कलेजमा… पुरा पढौ

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

पोखरा, ३१ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । देशभर आज थप ८ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३७९ पुगेको छ । गत २४ घण्टामा मृत्यु हुनेमा ४ महिला र ४ जना पुरुष रहेका छन् । मृतकमा महिलामा बाराका ४६ वर्षीया, काभ्रेपलाञ्चोकका ५५ वर्षीया, काठमाडौंका ७१ र ७४ वर्षीया गरी ४ महिला रहेका छन् । यस्तै पुरुषहरुमा सुनसरीका ७०, सप्तरीका ३५ वर्षीय, काभ्रेपलाञ्चोकका ४१ र कास्कीका ७० वर्षीय गरी ४… पुरा पढौ

पोखराका ६ र स्याङ्जाका १ जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, ३१ भदौ । पोखरामा फेरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा २ जिल्लाका ७ जनामा फेरि संक्रमण पुष्टि भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयले बुधवार तेस्रोपटक जारी गरेको विज्ञप्तिअनुसार कास्कीमा ६ र स्याङ्जामा १ जना गरी ७ जना थपिएका हुन् । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ७८ पुगेको छ । कोरोना संक्रमण पुष्टि भएका पोखरा ४ का १ जना पुरुष नेपाल प्रहरीमा कार्यरत रहेको निर्देशनालयले जनाएको छ… पुरा पढौ

एकैदिन १५३९ जनामा कोरोना संक्रमण, १०६८ जना डिस्चार्ज

पोखरा, ३१ भदौ । पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । बुधवारसम्म होम आइसोलेसनमा ७ हजार ७ सय १ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ४१ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १६ हजार २ सय ४२ जना रहेको छ ।… पुरा पढौ

विश्वमा दुई करोड कोरोना संक्रमित निको भए

पोखरा, ३१ भदौ । कोरोना भाइरसबाट संक्रमित भई विश्वभर निको हुनेको संख्या दुई करोड नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका तथ्याङ्क अनुसार आजसम्म कोरोना संक्रमण भई निको हुनेको संख्या दुई करोड ९१ हजार ६ सय ५८ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित निको हुने देशको सूचिमा पहिलो स्थानमा भारत छ । भारतमा कोरोना संक्रमित भई निको हुनेको संख्या ३९ लाख ४२ हजार ३ सय ६० पुगेको छ । त्यस्तै भारत पछि धेरै निको हुने देशको सूचिमा दोस्रो स्थानमा रहेको… पुरा पढौ