ताजा समाचार

‘तीन घण्टे परीक्षा प्रणालीले विद्यार्थी योग्यताको सही मूल्याङ्कन गर्न सक्छ कि सक्दैन?’— मन्त्री गुरुङ

Mardi News
पोखरा, २४ पुस । तीन घण्टे परीक्षा प्रणालीले विद्यार्थी योग्यताको सही मूल्याङ्कन गर्न सक्छ कि सक्दैन? बहसको विषय बनाउन आवश्यक रहेको बताए । सो कुरा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बिहीबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)को ३० औं दिवसको सन्दर्भमा आयोजित सम्मान समारोहमा बताएका हुन् । २० वर्ष निरन्तर सेवा पु¥याउने शिक्षक–शिक्षिका र कर्मचारीलाई सम्मान कार्यक्रममा बोल्दै मन्त्री गुरुङले विद्यार्थीको योग्यता र क्षमतालाई ३ घण्टे परीक्षा प्रणालीले सही मूल्याङ्कन गर्न सक्छ कि सक्दैन ? यसबारे… पुरा पढौ

एक इञ्च जग्गा अरुको हुन दिदैनौंः उपप्रधानमन्त्री पोखरेल

Mardi News
पोखरा, २४ पुस । नेपाल र भारतबीच भएको सिमा विवाद सुल्झाउन सरकारले कुटनीतिक पहल थालिसकेको नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् । प्रेस संगठन नेपाल, कास्कीको आयोजनामा बिहीबार पोखरामा भएको पत्रकार भेटघाटमा मन्त्री पोखरेलले सिमा विवाद छिट्टै टुङ्गिने बताएका हुन् । सुगौली सन्धि पछि जुन किसिमबाट सिमाना मिचिदै आएको छ, यस्तो कार्य मान्य नहुने मन्त्री पोखरेलले बताए । उनले भने– ‘हामीलाई कसैको एक इन्च जमीन पनि चाहिँदैन र हाम्रो एक इन्च जमीन पनि छोड्दैंनौं, युद्धबाट नभई कुटनीतिक… पुरा पढौ

देशभर मौसम बदलीः वर्षा र हिमपातको सम्भावना

Mardi News
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशैभरीको मौसम परिवर्तन हुनेछ । मौसमको अवस्थाः देशका पश्चिमी भू–भागहरुमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान पौष २३ गते (बुधबार) दिउँसो ः देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिम र मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षाको संभावना छ । पूर्वी भू–भागमा हल्का बर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना… पुरा पढौ

इरानले गर्‍यो इराकस्थित दुई अमेरिकी सुरक्षा अड्डामा मिसाइल हमला

Mardi News
एजेन्सी । अमेरिकाले शुक्रबार ड्रोन हमलामा आफ्ना सैन्य प्रमुख कासिम सुलेमानीको हत्या गरेपछि बदला लिने बताएको इरानले अमेरिकी सेना बस्ने इराकको एन अल–असाद र इरबिलस्थित सैन्य अड्डामा दर्जन बढी रकेट आक्रमण गरेको छ । इरानी अधिकारीलाई उद्धृत गर्दै अल जजिराले दिएको खबरअनुसार पश्चिमी इराकको इन् अल आसादस्थित अमेरिकी गठबन्धन सेनाको बेस क्याम्पमा बुधबार बिहान दर्जन रकेट प्रहार गरिएको हो । रकेट प्रहारबाट हालसम्म कुनै क्षति तथा हताहतीको विवरण प्राप्त नभएको बग्दादका संवाददातालाई उद्धृत गर्दै अलजजिरा जनाएको छ । इरानी सरकारी… पुरा पढौ

औद्योगिक व्यापार मेलाका लागि प्रभातफेरी (फोटो फिचर)

Mardi News
पोखरा, २१ पुस । पोखराको नयाँबजारमा ‘समृद्धि स्टिल्स औद्योगिक व्यापार मेला’ जारी रहेको छ । मेलाको चौथो दिन सोमवार प्रभातफेरी कार्यक्रमको आयोजना ग¥यो । मेला उद्घाटनका दिनको लागि तय भएको प्रभातफेरी वर्षाका कारण स्थगित भएको थियो । सोमबार संघको सचिवालय गैह्रापाटनबाट बिहान ११ बजे शुरु भइ मेला स्थल प्रदर्शनी केन्द्रमा आएर प्रभातफेरी समापन भयो । प्रभातफेरीमा सरिक हुन आमा समूहहरु, टोल विकास संस्था, वस्तुगत संघ तथा संघका सदस्यहरु सहभागी थिए । प्रभातफेरीमा सहभागि टोलीलाई विशेष उपहारको समेत व्यवस्था गरिएको संघका… पुरा पढौ

मौसममा बदलीः बेलुकादेखि पहाडी क्षेत्रमा वर्ष र हिमपात हुने

Mardi News
पोखरा, २१ पुस । सोमबार दिउँसोबाट नेपाल प्रवेश गर्ने पश्चिमी न्युन चापीय प्रणालीका कारण आज बेलुका र भोलि देशका धेरै स्थापनमा हल्का वर्षका साथै हिमपात हुने बताइएको छ । सोमबार बिहान साढे ९ बजे मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन प्रकाशन गर्दै सोमबार बेलुका र मंगलबार देशका धेरै स्थानहरुमा आंशिकदेखि सामान्य बदलि रही पश्चिमी उच्च हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुने जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार पश्चिमी पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । यस प्रणालीका कारण बुधबार… पुरा पढौ

जनही एक हजार तिरेर छुटे चिनियाँ नागरिक

Mardi News
काठमाडौं, २० पुस । काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले १÷१ हजार जरिवाना तिरेर रिहा गरेको छ । पुस ७ गते मनैमैजु, बाँसबारी र बुढानिलकण्ठका १० वटा घरमा छापा मारेर प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले अभद्र व्यवहार गरेको कसुरमा उनीविरूद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमार्फत जिल्ला प्रशासन कार्यालयमा पेश गरेको थियो । सो कसुरमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जनहीँ एक हजार रूपैयाँ जरिवाना हुने फैसला… पुरा पढौ