गङ्गा घले बढ्दो नयाँ प्रविधि, ग्याजेट्सहरु प्रतिको अत्यधिक आशक्ति र सानो परिवार आदिको चाहनाको कारण समाज दिन प्रतिदिन एकाङ्की, आत्म–केन्द्रीत अथवा स्वार्थी अझै निर्मम भएर भन्नुपर्दा अर्काको दुःखमा रमाउन समेत पछी नपर्ने समस्याबाट ग्रसित बन्दैछ । यसो भनिरहदा अब समाजमा राम्रो र सेवाको भावना भएका व्यक्तिहरु छँदै छैनन् भन्नचाहिँ मिल्दैन । भूकम्प, बाढीपहिरो र विभिन्न किसिमका महामारीमा केहि व्यक्तिहरु आफ्नो सुखसुविधालाई भन्दा समाजको पिरमर्का, अफ्ट्यारोलाई महत्त्वपूर्ण ठानी अहोरात्र सेवामा खटिएका भेटिन्छन । सुरेन्द्र परियार, छिरिङ्ग लामा शेर्पा र विकाश भट्टराई…
पुरा पढौ