ताजा समाचार

अस्ट्रेलियाको डढेलोमा परी ५० करोड वन्यजन्तु मरेको दाबी

Mardi News
पोखरा, २० पुस । गत सेप्टेम्बरदेखि फैलिएको डढेलो कारण अस्ट्रेलियामा कयौँ वन्यजन्तु मरेको खबर प्राप्त भएका छन् । घना जंगल, झरेका पात, सुकेका रुख तथा तीब्र गतिको हावाका कारण आगो अनियन्त्रित भएको हो । आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकिरहेको छैन । अस्ट्रेलिया यतिबेला वातावरणीय संकटमा गुज्रिएको छ । तीन महिनादेखि लागेको डढेलोका करण सयौं घरबारविहीन भए । निरन्तरको डढेलोका कारण ५० करोड वन्यजन्तुहरु मारिएको त्यहाँस्थित इकोलोजिस्टहरुले दाबी गरिरहेका छन् । डढेलोका कारण त्यहाँका संरक्षित एवं लोपन्मुख वन्यजन्तुहरु विनाशको अवस्थामा पुगेको… पुरा पढौ

जनताको सेवा गर्न राजनीतिमा – श्रेष्ठ

Mardi News
पोखरा, २० पुस । नेकपाका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले संसदमा रहेर भूमिका खेल्न दुई अध्यक्षले आग्रह गरेपछि आफूले राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा उम्मेदवारी दिएको बताएका छन् । राष्ट्रिय सभाकालागि गण्डकी प्रदेशबाट मनोनयन दर्ता पश्चात नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा आइतबार प्रेस संगठनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । उम्मेदवारी दर्ता पछि पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता श्रेष्ठले भने – ‘पार्टीका दुई अध्यक्षले उम्मेदवारी दर्ता समयको एक÷दुई दिन अघि मात्र उम्मेदवारी दर्ता गर्न आग्रह गरेपछि उम्मेदवार बनेको… पुरा पढौ

गण्डकी प्रदेशबाट श्रेष्ठ र न्यौपानेको उम्मेदवारी दर्ता

Mardi News
पोखरा, २० पुस । आगामी माघ ९ गते हुने राष्ट्रियसभाको चुनावका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पोखराबाट उम्मेदवार दर्ता गराएका छन् । केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको प्रस्ताव र प्रदेश सभासदस्य दिलमाया रोकाको समर्थनमा श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् । श्रेष्ठ नेकपा पार्टी प्रवक्तासमेत हुन् । यस्तै नेकपाबाट भगवती न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएकी छन् । न्यौपानेको प्रस्तावकमा नेकपा स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ र समर्थकमा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ रहेकी… पुरा पढौ

काठमाडौंको असनमा आगलागी

Mardi
काठमाडौं, १८ पुस । काठमाडौंको असनमा एउटा घरमा साँझपख आगलागी भएको छ । शुक्रबार साँझ करिब साढे ६ बजे असनको केलटोलको एक घरको चौथो तलाबाट आगो फैलिएपछि आगो निभाउन ४ वटा दमकल पुगेको छ । यहाँको एक पुरानो घरमा आगलागी भएको र अरु घरमा पनि फैलिने खतरा बढेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाका अनुसार काठमाडौं महानगरपालिकाको ३ वटा, ललितपुर महानगरपालिकाको एउटा दमकल र एउटा पानी बोक्ने ट्याङ्करले अहिले आगो निभाइरहेका छन् । आगलागी कसरी सुरु भयो र कति क्षति… पुरा पढौ

नेकपाले टुंग्यायो राष्ट्रियसभा निर्वाचनका उम्मेदवार

Mardi News
पोखरा, १८ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवार टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले सचिवालय सदस्य एवम् पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि उम्मेदवार बनाएको छ । त्यसैगरी स्थायी समिति सदस्य बेदुराम भुसालसहितका नेतालाई उम्मेदवार बनाउने निर्णय गरेको हो हो । राष्ट्रियसभामा प्रदेशका उम्मेदवारहरु प्रदेश १ इन्दु गौतम, गोपी अछामी र देवेन्द्र दाहाल प्रदेश २ तुलसा दाहाल र राधेश्याम पासवान प्रदेश ३ महिलामा गंगा बेलवासे बेदुराम भसुाल गण्डकी प्रदेश नारायणकाजी श्रेष्ठ… पुरा पढौ

हिमाली जिल्लामा भारी हिमपात, जनजीवन कष्टकर

Mardi News
पोखरा, १८ पुस । मौसममा आएको परिवर्तनसँगै सुदूरपश्चिमका अधिकांश उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातले जनजीवन प्रभावित बनेको छ । वर्षासँगै सुदूरपश्चिमका बाजुरासहित अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुला जिल्लामा बिहीबार हिमपात भएको हो । हिमपातसँगै जिल्लामा चिसो बढेको छ । सुदुरपश्चिम प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएको छ भने पहाडी जिल्लाका उच्च भागमा हिमपात र बेँसीमा वर्षा भएको छ । बुधबारदेखि चिसो बढ्दै गएपछि बिहीबार बुेलुकाबाट हिमपात भएको हो । हिमपातले हिमाली जनजीवन निकै कष्टकर… पुरा पढौ

हिमाली र पहाडी क्षेत्रमा तीन दिनसम्म हिमपात र वर्षा हुने

Mardi News
पोखरा, १७ पुस । आगामी तीन दिन नेपालको हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात र वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आगामी शनिवारसम्म मौसम बदली रहने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । बिहीबार साँझ ६ बजे प्रकाशित मौसम पूर्वानुमान बुलेटिनमा महाशाखाले शुक्रवार र शनिवारसम्म मध्यमदेखि भारी हिमपात र वर्ष हुने जनाइएको छ । आगमी तीन दिनको मौसम पूर्वानुमान मौसम विश्लेषण) ः हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको… पुरा पढौ