ताजा समाचार

हिमपातले जनजीवन कष्टकर

Snowfall
पोखरा, २७ मंसिर । चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । शुक्रबार बिहानदेखि हिमाली भागका विभिन्न जिल्लामा हिमपात भएको छ । त्यस्तै पश्चिममा हुम्ला, मुगु, डोल्पा जिल्लामा हिजोदेखि हिमपात सुरु भएको हो भने जुम्ला र कालिकोटमा रातिदेखि हिमपात सुरु भएको हो । फोटोः सुष्मा घले चिसोका कारण हिमाली जिल्लामा जनजीवन कष्टकर बनेको छ । गाई वस्तुलाई घासपात गर्न समस्या भएको छ भने सडक र हवाई यातायात पूर्ण रुपमा ठप्प छ । सदरमुकाम जोमसोम नजिकै घरपझोङ गाउँपालिका–५ मा… पुरा पढौ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय एयरपोर्टः पटके अधिग्रहणको स्थानीयद्वारा विरोध

Pokhara Int'l Airport
पोखरा — पोखरा क्षेत्रीय अन्तर्राट्रिय विमानस्थलको लागि पछिल्लोपल्ट २०७१ मा ५९० रोपनी जग्गा थप अधिग्रहण ग¥यो । त्यसमा अझै ७ परिवारका सदस्यले १५ रोपनी जग्गाको मुआब्जा बुझ्नै गएनन् । ठाउँ हेरेर विभेदकारी दरमा मुआब्जा रकम तोकिएको भन्दै उनीहरूले बुझेका छैनन् । सर्वदलीय–सर्वपक्षीय भेलाले उनीहरुलाई जग्गाको सट्टा जग्गा नै दिने निर्णय गरेपनि हालसम्म त्यो प्राप्त भएको छैन । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलको करिब आधा काम सकिँदासमेत जग्गा अधिग्रहणको समस्या अझै सुल्झेको छैन । साँधको उस्तै प्रकृतिको जग्गामा बाटोको कारण देखाई कुनैलाई २० लाख… पुरा पढौ

सगरमाथा संवादका लागि परामर्श गोष्ठी

P S Gurung
पोखरा । जलवायु परिर्वतनको प्रभावले पार्ने असर ज्यादै डरलाग्दो हुने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । मंगलबार पोखरामा आयोजित सगरमाथा संवादको लागि ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानवजातिको भविष्य’ विषयक परामर्श गोष्ठीमा सो कुरा बताएको हो । फोटोहरुः गंगा घले जलवायु परिवर्तनमा नेपालले कदम चाल्न ढिलो भइसकेको बताउँदै उनले भने– प्रदेश सरकारले केही कदम चाले पनि यो पर्याप्त छैन ।’ जलवायु परिवर्तनको प्रभावले हिमाली भेगलाई बढी असर गरेको उनले बताए । ‘दशक अगाडि डाँडाकाँडामा देखिने हिउँ अहिले देखिन छाडेको… पुरा पढौ

पोखरामा शैक्षिक प्रदर्शनी शुरु

NPABSON
पोखरा , २४ मङ्सिर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, कास्कीले आयोजना गरेको तेस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा १३ औं लोकनृत्य प्रतियोगिताको आज मंगलवारदेखि शुरु भएको छ । ‘एनप्याब्सान कास्कीको ध्येय, विद्यार्थीको मौलिक सिर्जनालाई श्रेय’ भन्ने मूल नाराका आयोजना गरिएको शैक्षिक प्रदर्शनीको गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले उद्घाटन गरेको हो । प्रदर्शनीको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले नेपालको शैक्षिक गुणस्तर बढाउनका लागि निजि विद्यालयको योगदान अुतलनीय रहेको बताए । ‘सरकार र निजी विद्यालयहरुबीचको समस्याहरु समाधान गर्नका लागि हातेमाले… पुरा पढौ

चिरुवामा क्यानबेरा युनिभर्सिटीको सहयोग

chiruwa
फोटो फिचर २३ मंसिर, चिरुवा, स्याङ्जा । रिच फर नेपाल फाउण्डेसन तथा क्यानबेरा युनिभर्सिटी अष्ट्रेलियाको सहयोग तथा नेपाल एड्भेन्चरको आयोजनामा चिरुवास्थित बराह गुठी आधाभूत विद्यालयका विद्यार्थीहरुलाई किताब, झोला, कापी, कलम वितरण गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. २ मा रहेको सो विद्यालयका निम्न आय भएका विद्यार्थीहरुलाई सोमबार न्यानो कपडा र स्कुललाई डष्टविन समेत वितरण गरेको छ । फोटोः खेम गुरुङ क्यानबेरा युनिभर्सिटीबाट आएको समूहले अभिभावकसँग विद्यार्थीको शिक्षा, स्वास्थ्यलगायत विषयमा अन्तरक्रिया गरेका थिए । त्यसैगरी विद्यार्थीहरुलाई खेलकुदमा सहभागी गराउँदै… पुरा पढौ

तमु ल्होसारमा विदा नदिए आन्दोलन गर्न बाध्य हुने

काठमाडौं, २० मंसिर । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तमु ल्होसारमा दिंदै आएको सार्वजनिक विदा यथावत् राख्न माग गरेको छ । शुक्रबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापन पत्र बुझाउँदै परिषद्ले तमु ल्होसार (पुस १५), उधौली–उभौली, सोनाम ल्होसार, ग्याल्पो ल्होसार, माघे सक्रान्तिलगायत अन्य आदिवासी जनजाति समुदायको चाडपर्वमा खारेजी भएको सार्वजनिक विदा यथाशीघ्र पुनस्र्थापित गर्न माग गरेको छ । माग सम्बोधन नभएमा लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै आन्दोलन गर्न बाध्य हुने र उत्पन्न परिस्थितिको स्वयम् सरकार जिम्मेवार हुने परिषद्का अध्यक्ष रेशम… पुरा पढौ

बागलुङ जिप दुर्घटनाः १४ को मृत्यु, १० को सनाखत

Accident
बागलुङ । बडीगाड गाउँपालिका–७ भिमगिठे नजिकै यात्रुबाहक जीप खस्दा मृत्यु भएका १४ जनामध्ये १० जनाको पहिचान भएको छ । ग १ ख ४२१९ नम्बरको जीप गुल्मीको ईश्माबाट बागलुङको बुर्तिवाङ हुँदै निसीखोलाको देवीस्थानतर्फ जाँदै गर्दा खोलामा खसेको हो । दुर्घटनामा ज्यान गुमाउनेमा गुल्मी ईश्मा गाउँपालिका– ५ का रेशम थापा, माया थापा, दोबाटा बसुन्धरा कार्की, सिता कार्की, भवि कार्की, भूमि कार्की, मिना बस्नेत, धनबहादुर कार्की, नवलपरासी बर्दघाट नगरपालिका १ का भुमा कार्की, बागलुङ बडिगाड गाउँपालिका ७ का नरमाया खत्री रहेका छन् ।… पुरा पढौ